छिल्लीकोट मन्दिरकलागि १५ लाख, संक्राम ब्यारेककालागि १० लाख

तुलसीपुर, ४ असार । दाङको पर्यटकीय स्थल छिल्लीकोटकालागि १५ लाख बजेट आएको छ । ऐतिहासिक छिल्लीकोट र कालिका मन्दिरकालागि लुम्बिनी प्रदेश सरकारले उक्त बजेट बिनियोजन गरेको हो ।

सोही स्थान दाङको पर्यटकीय हिसाबले उत्तम ठाउँ हो । छिल्लीकोट तुलसीपुर १९ मा पर्छ ।


त्यस्तै सोही वडाको संक्राम ब्यारेक संरक्षण तथा पूर्वाधार निर्माणकालागि १० लाख बजेट बिनियोजन भएको हो ।