दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा रेफर दर बढिरहेकै छ । धेरै पटक अस्पतालमा पुग्ने जिम्मेवार ब्यक्तीहरूले जोडतोडले रेफर दर घटाउने भनि भाषण दिन्छन् । तर, ति भाषण काममा परिणत हुँदैनन् । रेफर किन बढिरहेको छ, भन्ने कुराको अध्ययन छैन । जसले गर्दा पनि यो कुराको उपलब्धी हुन सकेको छैन ।
प्रादेशिक अस्पतालमा आइसियु नहुँदा नै सबै भन्दा धेरै रेफर भइरहेको छ । लामो समयदेखि अस्पतालमा आईसियुका सामनहरू थन्किरहेका छन् । बर्षौदेखि आइसियु सञ्चालनकालागि भनेर आवाज उठिरहेका छन् । तर, पनि त्यो कुराको समाधान हुन सकेको छैन । जसले गर्दा विरामीको मृत्यु हुने अबस्था पनि सिर्जना हुने गरेको छ । त्यति मात्रै होईन्, सामान्य विरामीलाई पनि बाहिर रेफर गर्नुपर्ने अबस्था छ । आईसियु आवश्यक पर्न सक्ने विरामीलाई बाहिर रेफर गर्ने गरिएको छ, भने विरामीका आफन्त आफैले पनि आईसियु भएकै ठाउँमा उपचारकालागि लैजाने गरेका छन् । त्यसले गर्दा पनि अहिलेको रेफर दर बढिरहेको छ । यसलाई न्यूनिकरण गर्नकालागि आईसियु सञ्चालन नै पहिलो प्राथमिकता हो । तर, यस तर्फ खासै चासो कसैको पनि गएको देखिदैन ।
सामग्री आईसकेपनि सञ्चालन हुन नसक्नुको कारण भनेको – त्यसकालागि दरबन्दी नहुँनु हो । राप्ती प्रादेशिक अस्पताल लुम्बिनीको गौरबको अस्पताल हो । तर, पनि यहाँ आईसियु सञ्चालनकालागि दरबन्दी समेत सिर्जना गर्न सकेको छैन । पाँच जना मात्रै दरबन्दी मात्रै आबश्यक पर्ने आईसियु सेवा सञ्चालनकालागि पनि आलटाल भइरहेको छ । पटक–पटक दरबन्दीकालागि ओएमएन सर्वेको फाईल अगाडी बढाउन प्रयास हुन्छ तर, त्यो बीचमै रोकिन्छ । त्यसपछि सरकार परिबर्तन हुन्छ, र अर्को सरकारले त्यसलाई अगाडी बढाउनै मान्दैन । यसरी अस्पतालमा हुने राजनीतिले पनि यहाँका विरामीहरुले मार खेप्नु परेको छ । साविक राप्ती अञ्चल मात्रै नभई भेरी,कर्णालीसम्मका विरामीलाई यसले सेवा दिने गरेपनि त्यसको स्तरबृद्धिमा खासै चासो नहुँदा नै अहिले यो अस्पताल रेफर सेन्टरका रुपमा रहेको छ । त्यसैले रेफर सेन्टर नभई जस्तो विरामी आउँदा पनि उपचार हुन्छ, भन्ने सन्देश दिन आईसियु सेवा तत्काल सूचारु गर्न पहल थाल्नु अहिलेको आबश्यकता हो । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ४ असार २०८१, सोमबार ०७:४४ बजे