माओवादी केन्द्र लुम्बिनी : ७९४ वडामा सर्वसम्मत नेतृत्व, १८९ बाँकी

तुलसीपुर
५ मङ्सिर/ नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशका ७९४ वडामा नयाँ नेतृत्व चयन गरिएको छ ।

९८३ वडामध्ये ७ सय ९४ वडामा शनिबार नेतृत्व चयन भएको पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिब जगप्रसार शर्मा‘अपार’ले बताए । उनका अनुसार बाँकी १८९ वडामा छिटै निर्वाचन हुनेछ ।


दाङका ३, गुल्मीका ६, नवलपरासीका २, रोल्पाका २, पूर्वीरुकुममा २ वटा वडामा निर्वाचन हुन बाँकी छ । त्यस्तै बर्दियामा ४, प्यूठानका १०, पाल्पाका ३८, अर्घाखाँचीका १३,रुपन्देहीका ५४, कपिलबस्तुका १७ वडामा अझै निर्वाचन हुन बाँकी छ ।

बाँकेका सबै वडामा कमिटि गठन भइसकेको पार्टीका लुम्बिनी प्रदेश निर्वाचन कमिटिका संयोजक रामशरण चौधरीले बताए ।