राप्ती प्रादेशिक अस्पताललाई मातृसेवा युनिट निर्माणकालागि बजेट

तुलसीपुर, १ असार । लुम्बिनी प्रदेश सरकारले राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा मातृशिशु सेवा युनिट निर्माणको लागि बजेट बिनियोजन गरेको छ । त्यस्तै नवजात शिशुको रूग्णता र मृत्युदर घटाउन नवजात शिशु सघन उपचार इकाई एनआईसियुको सुदृढिकरण, ईमरजेन्सी सेवाको निःशुल्क टिकट ब्यवस्थालाइ निरन्तरता, डाइलाइसिस सेवालाई निरन्तरता दिई इरिथ्रोपोइटिन औषधिमा सहुलियत उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

त्यस्तै प्रदेश राजधानीमा सुविधा सम्पन्न अस्पतालको पूर्ण संरचना नबन्दासम्म लालमटिया स्वास्थ्य चौकीको परिसरभित्र भालुवाङ अस्पताल आकस्मिक स्वास्थ्य सेवासहितको बिशेषज्ञ सेवा सञ्चालन गर्न पनि बजेट बिनियोजन गरिएको छ ।


प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा जिएमपि। स्टाण्डर्ड प्रादेशिक आयुर्वेद औषधी उत्पादन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सामा नागरिकको पहुँच वृद्धि गर्न प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीमा विशेषज्ञ सेवाका रुपमा स्तरोन्नति गरिनेछ ।