तुलसीपुर, १ असार । दाङमा आफैले पाएको पानी ट्याङ्कीमा डुबेर एक बृद्धाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर उपमहानगरपालिका ६ गोलौरा निवासी ७० कि शान्ता कुमारी देबकोटाको मृत्यु भएको हो ।
शुक्रबार राति साढे १० बजतिर उनी ट्याङ्कीमा डुबेको प्रहरीको भनाई छ । उनको शव परीक्षण गरि छोराले बुझिलिइसकेका छन् ।
लाइभदाङ । २ असार २०८१, शनिबार १२:२३ बजे