तुलसीपुरमा बारीमा मोटर लगाउने क्रममा करेन्ट लाग्दा मृत्यु

तुलसीपुर, १९ साउन । दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं.११ पिरगाउँ निवासी ५० वर्षीय बालाराम ओलीको मृत्यु भएको हो ।


शनिबार दिउसो १ बजेतिर घर नजिकै रहेको बारीमा मोटर लगाउने क्रममा तारसर्ट भई करेन्ट लागेर घाइते भएका थिए ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।