सिद्ध पृथ्वी जनता माविमा अक्षर सुधार कार्यशाला सम्पन्न

दाङ, ३२ जेठ ।
दंगीशरण गाउँपालिकाको आयोजनामा श्री सिद्ध पृथ्वी जनता मा.विमा अक्षर सुधार कार्यशाला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक देवकोटाको अध्यक्षता तथा प्रमुख प्रशिक्षक हिमाल डाँगीको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।


प्रमुख अतिथि हिमाल डाँगीले परिक्षा प्रणाली, मुल्यांकनको माध्यम नै हस्तलेखित हुने भएकाले यसलाई सुन्दर, नियमबद्द गरि शिक्षक, विद्यार्थी सबैले गर्नु पर्ने बताउनु भयो । उहाँले भनुभयो “अक्षर लेखन कला हो यसलाई नियमित अभ्यास र शिक्षकको निगरानी हुन सके सबै विद्यार्थीमा एउटै लिपि बन्न सक्ने र विद्यार्थीलाई आत्मबिश्वासी, श्रीजनशिल र धैर्यवान बनाउन नियमित र सुन्दर लेखन प्रस्तुतिले सहयोग पुर्याउछ ।”

विद्यालयका प्र.अ. शिक्षकहरूले विद्यालयको शैक्षिक सुधारमा कार्यक्रमले ठुलो उपलब्धि हुने बिश्वास व्यक्त गर्नु भयो।बिद्यालय वि.ब्य.स. अध्यक्षले यस्ता कार्यक्रम निरन्तर हुनु पर्ने बताउनु भयो ससाना कुरामा ध्यान पुर्याउन सके मात्र शैक्षिक सुधार गर्न सकिने बतानु भयो। कार्यक्रमको सहजिकरण शिक्षक गुरु प्रसाद गौतमले गर्नुभएको थियो ।