प्युठानमा तिर्थयात्री बोकेको बस दुर्घटना

तुलसीपुर, ३२ जेठ ।
प्युठानमा तिर्थयात्री बोकेको बस दुर्घटना भएको छ । भारतीय तिर्थयात्रु बोकेर प्युठानको स्वर्गद्वारी मन्दिर दर्सन गर्न जाँदै गरेको बस गर्जेनी नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी इश्वर थापाले जानकारी दिनुभएको छ ।


झण्डै ५० जना यात्रु बोकेको उक्त यात्रुबाहक बस सडकबाट नालामा खस्दा केही यात्रु सामान्य घाइते भएको उहाँले बताउनुभयो । यद्यपी प्रहरी घटनास्थलतर्फ जादै गरेकाले थप जानकारी प्राप्त हुन नसकेको उहाँले बताउनुभयो । घटनाबारे विस्तृत विवरण आउन समय लाग्ने उहाँको भनाई छ ।