राप्तीका ८ जना अपाङ्गता बालबालिकाहरुलाई सहायक सामाग्री प्रदान

तुल बहादुर कवँर मगर
देउखुरी, ३१ जेठ ।

दाङको राप्ती गाउँपालिकाका ८ जना अपाङ्गता भएका बालबालिकाहरुलाई बुधबार सहायक सामाग्री प्रदान गरिएको छ।

राप्ती गाउँपालिकाको समन्वय तथा विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपा काभ्रेपलाञ्चोकको सहयोगमा सो सामाग्री प्रदान गरिएको हो।


केन्द्रले गत बैशाख ६ गते राप्ती गाउँपालिकामा सञ्चालन गरेको शारीरिक अपाङ्गता परिक्षण सम्बन्धी निशुल्क घुम्ती शिविरमा कृतिम अंग तथा सहायक सामाग्री प्रदान गर्नका लागि नाप लिइएका बालबालिकाहरुलाई उक्त सामाग्री प्रदान गरेको हो।

केन्द्रले उनीहरूलाई ह्युलचियर,विशेष जुत्ता ,अर्थोपेडिक सहायक सामाग्री, मोबिलाईजर,अर्थो प्रोथोसिस लगायतका सामाग्री प्रदान गरेको विकलांग मित्र समूह अपांग बाल अस्पताल पुनस्र्थापना केन्द्र (HRDC) बनेपाका लुम्बिनी प्रदेश संयोजक लेखनाथ आचार्यले जानकारी दिनुभयो।

सामाग्री प्रदान कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी,अपांग मानव अधिकार मञ्च दाङका अध्यक्ष ज्ञान बहादुर कार्की,अपांगता भएका बालबालिका लगायत अभिभावकहरुको सहभागीता रहेको थियो ।