तुलसीपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबहाक बस दुर्घटना

तुलसीपुर, ३० जेठ । दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको यात्रुबहाक बस रुपन्देहीको सैनामैना स्थित सालझुण्डीमा दुर्घटनामा परेको छ ।

दुर्घटनामा परि एक जना गम्भीर घाइते छन्, भने चालक सहित अन्य तीन जना सामान्य घाइते छन् । घाइतेहरुको पहिचान खुलेको छैन ।

बुलुका ५ बजेतिर काठमाडौंकालागि छुटेको रा १ ख २७८३ नम्बरको बस बिग्रिएर रोकेको ट्रकमा ठोक्किन जाँदा दुर्घटनामा परेको हो । मंगलबार राति ११ बजेतिर दुर्घटनामा परेको हो ।


घाइतेहरुको चौराह अस्पतालमा उपचार भइरहेको छ । सोही गाडीका चालक तुलसीपुर १२ निवासी २८ बर्षीय सुवास रावत थिए ।

उनी पनि सामान्य घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।