घरभित्र कोइला बालेर सुतेका सुनारको विहान हेर्दा मृत्यु

दाङ
१७ पुस /  दाङमा कोईला बालेर सुतेका एक ब्यक्तीको विहान हेर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

झ्याल ढोका थुनेर कोईलावाली सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका वडा गनं. ९ अमिलिया बस्दै आएका २९ बर्षीय कुसुम सुनारको मृत्यु भएको हो ।


वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार शुक्रबार राति सुनारका श्रीमान श्रीमति कोईला बालेर सुतेका थिए । विहान ४ बजेतिर उनकी श्रीमति उठ्ने बेला उनको मृत्यु भइसकेको थियो । श्रीमतिको पनि रक्तचाप कम भइसकेको अबस्थामा उपचारकालागि अस्पताल लगिएको थियो । उनको अबस्था सामान्य छ ।

उनको शव भने घर भित्रै रहेको छ । प्यूठानबाट घर परिवार आएपछि मात्रै उठाएर शव परीक्षणकालागि लमही अस्पताल लगिने प्रहरी निरीक्षक पौडेलले बताए । सुनारले अमिलियाको सोभा होटेलमा खान बनाउने काम गर्दै आएका थिए ।