काँग्रेस दाङ : क्षेत्र नं. ३ को सभापतिमा जगत खड्का

तुलसीपुर
८ मंसीर । नेपाली कांग्रेस दाङ निर्वाचन क्षेत्र नं.३ को सभापतिमा जगत बहादुर खड्का निर्वाचित भएका छन् ।

उनले ४३८ मत प्राप्त गरेका थिए, भने प्रतिद्वन्दी सुरेन्द्र बहादुर खड्काले ३११ मत प्राप्त गरेका थिए । जगत रामचन्द्र पौडेल निकट हुन् ।
यस्तै सभापतिका उम्मेदवार किरण शाहले ६८ मत प्राप्त गरेका छन् ।


सचिवमा पुर्ण बहादुर खत्री र सोभाकर सापकोटा निर्वाचित भएका छन् ।

यस्तै सहसचिवमा डेफुलाल चौधरी र भिमकान्त भट्टराई निर्वाचित भएका छन् । अन्य पदाधिकारीको पनि अन्तिम मतपरिणाम सार्वजनिक भएको समितिले जनाएको छ ।