तुल बहादुर कवँर मगर
भालुबाङ, २८ जेठ।
दाङको राप्ती गाउँपालिका वडा नं.२ लालमटियामा सञ्चालित तीन महिने सिलाई कटाई तालिम सोमबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका वडा नं.२ को सीप तथा उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत सो तालिम सम्पन्न भएको हो।
राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं.२ का वडा अध्यक्ष पहलवान चौधरीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले महिला दिदीबहिनीहरूलाई सीप सिकेर व्यावसायमा जोडिन सुझाव दिनुभयो।
राप्ती गाउँपालिकाका युवा युवतीहरूलाई स्वरोजगार बनाउने उद्देशका साथ पालिकाले विभिन्न सिपमुलक तालिम प्रदान गर्दै आई रहेकको बताउँदै उपाध्यक्ष चौधरीले सिकेको सिपलाई पुर्ण रूपमा व्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो ।
आफूले पनि विगतमा सिलाई पेशा गरेको अनुभव सुनाउदै उपाध्यक्ष चौधरीले व्यवसाय गर्दा धैर्यता हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरीले बेरोजगार महिला दिदीबहिनीहरुलाई सिलाई कटाई तालिम प्रदान गरि स्वरोजगार बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।
तीन महिने तालिमले मात्रै व्यवसाय गर्न पर्याप्त नहुने उल्लेख गर्दै अध्यक्ष चौधरीले तालिमका सहभागीहरुलाई आगामी आर्थिक वर्षमा आवश्यक एड्सभान्स सहित फेसन डिजाइनरको तालिम समेत उपलब्ध गराउने बताउनुभयो ।
कार्यपालिका सदस्य रण बहादुर पुजाली,वडा सदस्यहरु टेक बहादुर रावत,मन बहादुर पुन,तुलसा विक,उद्यम विकास सहजकर्ता बीनिता चौधरी लगायतको सहभागीता रहेको कार्यक्रमको सहजीकरण वडा सचिव सीता भण्डारी आचार्यले गर्नु भएको थियो ।
एक सय जना महिलाहरुको सहभागीता रहेको तालिमको प्रशिक्षकमा अनिता चौधरी र मिना पुन मगर रहनु भएको थियो।
लाइभदाङ । २८ जेष्ठ २०८१, सोमबार १९:१० बजे