दाङ सल्यान सडक खण्डमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण हुदै

शरद रेग्मी
तुलसीपुर,२३ माघ ।
दाङ-सल्यान सडक खण्डमा त्रिसिद्देश्वरि राप्ति यातायात सेवाप्रालिले बिश्वकर्मा बाबाको मन्दिर निर्माण गर्दै छ ।
तुलसीपुर कपुरकोट सडकमा पार्ने राम्री नजिकैको घुम्तिमा प्रालिले मन्दिर निर्माण गर्न लागेको हो।
राप्ति सेवा प्रालिका प्रबन्धक पुस्कर धितालले आईतबार बसन्त पन्चमिको दिन पारेर एक कार्यक्रमका बिच सिलन्यास गर्नु भएको छ ।
यस अघि भयानक दुर्घटना भएको राम्री देखि पाच सय मिट माथि घुम्तिमा रहेको खुल्ला स्थानमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गर्न लागिएको यातायात ब्यबसायि प्रकाश भट्टले बताउनुभयो ।
उहाका अनुसार सो स्थानमा प्रालिले मिनि पार्क समेत निर्माण गर्ने छ । यात्रुहरुका लागि प्रतिक्षालय र खाने पानिको समेत ब्यबस्था मिलाईने छ ।
सो स्थानमा कपुरकोट र दाङबाट समेत टिकटक र फोटो खिच्न जानेहरुको भिड हुने गरेको अर्का ब्यबसायि प्रितमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यस अघि त्रिसिद्देश्वरि राप्ति यातायात सेवाप्रालिले घोराहि लमहि सडकको चौपट्टा,तुलसीपुर अमिलिया सडकको दमारगाउको पहाडमा बिश्वकर्मा बाबाको मन्दिर निर्माण गरिसकेको छ ।
त्यसैगरि त्रिसिद्देश्वरि मन्दिर परिसरमा समेत मन्दिर निर्माण गरिसकेको छ । जसका कारण गाडि धनिरुलाई पुजाआजा गर्न सहज भएको छ ।