तुलसीपुरमा चिस्यान केन्द्र देखि सभाहल निर्माणकालागि बजेट

तुलसीपुर, २८ जेठ । दाङको तुलसीपुरमा चिस्यान केन्द्र बन्ने भएको छ ।

आगामी आर्थिक बर्ष २०८१/०८२ कालागि अर्थमन्त्री बर्षमान पुनले उक्त बजेट बिनियोजन गरेका हुन् । तुलसीपुरमा चिस्यान केन्द्र नहुँदा तरकारी भण्डारण गर्न सकिएको छैन । चिस्यान केन्द्र बनेमा त्यसले किसानलाई सहज बनाउने छ ।त्यसकालािग एक करोड ९१ लाख बजेट बिनियोजन भएको छ ।


त्यस्तै बहुउद्देश्यीय सभाहल निर्माणकालागि एक करोड ९१ लाख बजेट बिनियोजन भएको छ । त्यस्तै जनयुद्वको सम्मान तथा समाजवाद अध्ययन केन्द्रमा बहुउद्देशिय पुस्तकालय निर्माणकालागि एक करोड बजेट बिनियोजन भएको छ ।
राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’, प्रदेशसभा सदस्य धनबहादुर मास्कीको पहलमा उक्त बजेट बिनियोजन भएको हो ।