दाङमा छतमा फलेको लौका टिप्ने क्रममा करेन्ट लाग्दा मृत्यु

दाङ, ११ भदौ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मंगलबार विहान बिहान घरको छतमा फलेको लौका टिप्ने क्रममा नांगो तारले करेन्ट लाग्दा घोराही १२ डाँडागाउँ निवासी ६८ वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमिल्सिनाका अनुसार उनको शवलाई परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।