कुकुरले निकाल्दै गरेको अवस्थामा शिशुको शव फेला

दाङ, १७ वैशाख ।दाङको तुलसीपुरमा एक नवजात शिशुको शव फेला परेको छ ।

तुलसीपुर उपमहागरपालिका वडा नम्बर १४ को बेलन्ने डाँडा नजिकैको बबई नदि छेउको नर्सरीमा अन्दाजी ९ महिनाको नवजात शिशुको शब फेला परेको हो ।

बुधबार दिउँसो स्थानीयले शिशुको शव गाडेको अवस्थामा नर्सरीमा फेला पारेका हुन । नर्सरीमा गाडेको शब कुकुरले निकाल्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


कुकुरले शिशुको एउटा हातसमेत खाइसकेको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार शिशु कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।