डा.लम्साल राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालद्वारा सम्मानित

दाङ, २७ जेठ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको १९औं स्थापना दिवसको अवसरमा राप्ती प्रादेशिक अस्पतालमा कार्यरत डा.सन्देश लम्साल सम्मानित भएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल दाङ जिल्ला कमिटी अध्यक्ष शरदराज गिरीको अध्यक्षता तथा नेकपा एमाले दाङ जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।


उक्त कार्यक्रम घोराही उपमहानगरपालिका तेरौटे स्थीत ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित द्रोपत्ता कुमारी लोहनी लक्ष्मी नारायण वृद्धाश्रममा भएको हो । वृद्धाश्रममा अवस्थित वृद्धवृद्धाहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा खाद्यान्न वितरण कार्यक्रम भएको हो ।