खानेपानी निर्वाचन : माओवादी तुलसीपुर ५ ले गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचारमा होमिने

तुलसीपुर
१५ पुस / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनकालागि ९ दलिय गठबन्धनका उम्मेदवारलाई जिताउनकालागि माओवादी केन्द्र तुलसीपुर ५ कमिटिले अभियान अघि बढाएको छ ।

सोही अनुसार आज भएको वडा पार्टीको बैठकले सबै टोल–टोलमा अभियान चलाउन अध्यक्ष बेदप्रसाद वलीले बताए ।

उनले सामाजिक संघसंस्थामा राजनीतिक सहमति हुनु राम्रो कुरा भएको भन्दै यसलाई सबैले साथ दिन पनि अनुरोध गरेका छन् ।


बैठकको प्रमुख अतिथि पार्टीका नगर सचिब भिम चौधरी, नेता पूर्ण रावललगायतको सहभागिता रहेको थियो ।

९ दलिय सहमती अनुसार साझा अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी,उपाध्यक्ष पदका उम्मेदवार सिताराम शर्मा आचार्य,सचिव पदका उम्मेदवार सेवकराम भण्डारी, कोषाध्यक्ष पदका उम्मेदवार भद्र बहादुर वली र खुल्ला सदस्य पदका उम्मेदवारद्वय पदमबहादुर खड्का र लक्ष्मण केसी रहेका छन् ।