द पार्क क्याफेका सञ्चालक राजेन्द्र काँग्रेसको चुनाबी मैदानमा

तुलसीपुर, ३ मंसिर । तुलसीपुरमा युवा व्यबसायीमध्ये चर्चित एउटा नाम हो – राजेन्द्र महतारा । तुलसीपुरमा द पार्क क्याफेका सञ्चालकका रुपमा उनी परिचित छन् । उनै राजेन्द्र अहिले नेपाली काँग्रेसको चुनाबी मैदानमा छन् ।

व्यबसायीमा एउटा छुट्टै पहिचान बनाउन सफल द पार्क क्याफेका मुख्य ‘डिजाईनर’ महताराले राजनीतिमा पनि उत्तिकै चासो राख्छन् । फलस्वरुप अहिले उनी काँग्रेसको दाङ क्षेत्र नं. ३ प्रदेशसभा ‘क’ का सहसचिब पदका उम्मेदवार छन् । संघर्ष नै सफलता हो भन्ने महताराले युवाको प्रतिनिधित्वबाट नै कांग्रेस अझ बलियो बन्ने भन्दै उम्मेदवारी दिएको बताउछन् ।


उनी उत्तिकै मिलनसार र मिजासिलो ब्यक्ती पनि हुन् । त्यसैले पनि उनलाई धेरैले रुचाउने गर्छन् । पार्टी पंक्ति मात्रै होईन्, सामाजिक रुपमा पनि उनको व्यक्तित्व उच्च छ । उनी भलादमी स्वभावका ब्यक्ती हुन् ।

त्यसैले पनि आफू चुनाबमा जित्छु भन्ने उनको विश्वास छ । ‘कांग्रेस पार्टीप्रति सानै देखि रुचि हो, त्यसैले पनि यसपाली नेतृत्वमा पुग्न चाहेको छु’, उनले भने‘ पछिल्लो समय इमान्दारिता, पारदर्शिता, जवाफदेहिता हराउन थालेको राजनीतिमा युवाको सहभागीताले उत्साह थप्नेछ ।’