एन–प्याब्सन द्वारा उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित

दाङ, २९ असार ।
भर्खरै सार्वजनिक भएको वर्ष २०७९ को एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रा र विद्यालयलाई सम्मान गरिएको छ।

एन प्याब्सन लुम्बिनी प्रदेशले आज प्रदेश राजधानी भालुवाङ एक भव्य कार्यक्रम गरि प्रदेशमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो ।

जसअनुसार ३.९५ जि.पि.ए. प्राप्त गरि छात्रतर्फ एन–प्याब्सन अन्तर्गतका विद्यालयबाट दाङ जिल्ला प्रथम हुने अमृत एकाडेमी तुलसीपुर–१९ दाङका छात्र सागर बस्नेत सम्मानित भएका छन् । कार्यक्रममा जिल्ला प्रथम हुने छात्र सहित विद्यालयलाई समेत सम्मान गरिएको छ ।


एन–प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष कुबेर बस्नेतको अध्यक्षता र एन–प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।