घर भत्किएर मृत्यु भएकाको परिवारलाई सहयोग

तुलसीपुर,२७ जेठ । हावाहुरी र बर्षादले घर भत्किदा मृत्यु भएका दाङको तुलसीपुर १२ स्थित रझेनाका ७० बर्षीय कुलबहादुर केसीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक अबस्था कमजोर हुँदा काजकिरिया नै गर्न सक्ने अबस्थामा नरहेपछि केही राहात होस्, भनि नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपालिका वडा नं १२ कमिटीले आर्थिक सहयोग गरेको हो । काजकिरिया गरिरहेको स्थान रझेना बृद्धाश्रममा पुगी ३ बोरा चामल र ६ हजार रुपैँया नगद सहयोग गरिएको हो ।

साथै मृतकको परिवारको घर निर्माणको लागि वडा कमिटीले श्रमदान गर्ने बताएको छ । वडा कमिटी सचिव हरि प्रसाद बुढाथोकीले बालुवा, गिट्टी, ढुंगा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।


सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुसीराम चौधरी, जिल्ला कमिटी सदस्य युवराज केसी, हेमराज भण्डारी, वडा इन्चार्ज गोपाल खड्का , कर्मचारी केन्द्रीय सदस्य शान्तराज गौतम, शिक्षक लुम्बिनी महासचिव बिष्णु खत्री , शिक्षक दंगीशरण अध्यक्ष भुम बहादुर केसी लगायतको पहलमा उक्त परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो ।