युथ्स अफ तुलसीपुरद्वारा एसिया कप २०२३ निशुल्क प्रसारण

दाङ, भदौ १३
एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने एसिया कप २०२३ को प्रत्यक्ष प्रशारण दाङ तुलसीपुरबाट निशुल्क गरिने भएको छ । वर्डलिंक कम्युनिकेशन लिमिटेड तुलसीपुर शाखाको प्रयोजन तथा युथ्स अफ तुलसीपुरको आयोजनामा तुलसीपुर ६ स्थित ड्रिम्स पार्टि प्यालेसमा एसिया कप
निशुल्क प्रशारण गर्ने युथ्स अफ तुलसीपुरका अध्यक्ष अरूण लहरेले जानकारी दिए ।


वर्डलिंक कम्युनिकेशन तुलसीपुर शाखाका सेल्स सुपरभाईजर सुरेश थापाले नेपालले पहिलो पटक ऎतिहासिक सहभागीता जनाउन लागेको उपलक्ष्यमा प्रोजेक्टर मार्फत खेल देखाउन लागेको बताए । तुलसीपुर क्षेत्रका क्रिकेटप्रेमीहरुलाई मध्यनजर गर्दै युथ्स अफ तुलसीपुरले खेल प्रशारणको आयोजना तथा व्यवस्थापन गर्न लागेको युथ्स अफ तुलसीपुर अध्यक्ष अरुण लहरेले बताए । एसिया कपका सबै खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछन्।