तुलसीपुर हत्या प्रकरण : श्रीमानसंग सम्बन्ध विच्छेद भएपछि आजै विहे गर्ने तयारीमा थिइन ‘टीका’

दीपक बोहरा
दाङ, २५ जेठ । रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं. ८ निवासी ३१ बर्षीय टीका रावलको श्रीमानसंग यही १५ जेठमा सम्बन्ध विच्छेद भयो । उनीहरु तुलसीपुर ६ स्थित राप्ती टोलमा भाडामा बस्दै आएका थिए । सम्बन्ध विच्छेद भएपनि उनका श्रीमान सल्यान कपुरकोट गाउँपालिका वडा नं.६ निवासी नेपाली सेनाका अमलदार ३६ बर्षीय सालिकराम बुढाथोकीले आफ्ना सामन लिएका थिएनन् । केही समयमा त्यहाँबाट सामान लैजाने कुराकानी भएको थियो ।

यद्यपी टीकाले अर्कै केटासंग विहे गर्ने तयारी गरिसकेकी थिइन । उनी अछाम कमल बजार नगरपालिका ४ घर भई हाल १९ नम्बर बाहिनी तुलसीपुर दाङमा कार्यरत २९ बर्षीय सैनिक जवान आर्यन थापासंग शुक्रबार विहे गरेर जाने तयारीमा थिइन । आर्यन पनि त्यसकै तयारीमा टीकाकै कोठामा गएका थिए । कोठामा टीकाले तरकारी काटिरहेको थिइन्, भने आर्यनले तरकारी काटिरहेका थिए । त्यतिबैलै सालिकराम आएर एक्कासी आर्यनलाई खुँडा प्रहार गरे ।“हामी आजै विहे गरेर कोहलपुर जाने र त्यहाँबाट गाडी चढेर अछाम जाने तयारी गरेका थियौं”, आर्यनले भने“तर, एक्कासी उनी आएर खँडा प्रहार गरे ।”

आफूमाथि खुडा प्रहार पछि आर्यन भागे । त्यसपछि टीकामाथि खुँडा प्रहार गर्न थाले । पहिलो पटक प्रहार भएको खुडा हातले छेक्न खोज्दा हात काटेको थियो । त्यसपछि घरको छतबाट छिमेकीको घरको छतमा गइँन । त्यही पुगेर उनको घाँटी रेटेर हत्या गरे ।


उनी यसरी टीकामाथि प्रहार गर्दा छोराछोरी पनि त्यही थिए । उनीहरुबाट एउटा ८ बर्षको छोरा छन्, भने कोठामा टीकाको माईला र साईला दाइका छोरा पनि थिए । उनीहरु नकाट्नुुस्, हार गुहार गरिरहेका थिए । ति बालबालिकाकै आँखा अगाडी बुढाथोकीले खुँडा प्रहार गरेका थिए । तर, आँखा अगाडी नै टीकाको हत्या गरे । खुकुरी प्रहारबाटै आर्यन घाइते छन् । उनको बाँया काखी र घाँटीमा काटेको छ ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बुढाथोकी ज्वाला दल गंण बारामा कार्यरत थिए । उनी ६ जेठमा शान्तिसेनाबाट फर्किएका थिए । सालिकरामसंग यो भन्दा पहिले पनि सम्बन्ध विच्छेद भएर पुनः विहे भएको थियो । सालिकरामलाई प्रक्राउ गरि इलाका प्रहरी कार्यालय तुलसीपुरले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।