लुम्बिनी प्रदेश योजना आयोगले पूर्णता पायो, तीन जना सदस्य नियुक्त

दाङ, २४ जेठ ।
लुम्बिनी प्रदेश योजना आयोगले पूर्णता पाएको छ। एक उपाध्यक्षसहित तीन जना सदस्य रहने व्यवस्था छ। जसअनुसार यसअघि नै उपाध्यक्ष नियुक्त भइसकेको योजना आयोगमा थप तीन जना सदस्य नियुक्त भएपछी पूर्णता पाएको हो।

प्रदेश मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले प्रदेश योजना आयोगको रिक्त सदस्य पदहरुमा तीन जनालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थिले जानकारी दिए। प्रदेश योजना आयोगको सदस्यमा घोराही उपमहानरपालिका निवासी भुवन चौधरी, भरतपुर उपमहानगरपालिका निवासी नुमा शर्मा र कपिलवस्तु निवासी जीवन अर्याललाई नियुक्त गरिएको छ।


अघिल्लो प्रदेश मन्त्रिपरियाद् बैठकले उपाध्यक्षमा सरोज खनाललाई नियुक्त गरेको थियो। मुख्मयन्त्री जोखबहादुर महराको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारको संगठन व्यवस्थापन तथा मुल्यांकन समिति गठन गर्ने निर्णय गरेको छ।

यस्तै शहरी विकास तथा खानेपानी मन्त्रालयका बाँकी रहेका जिल्लामा कार्यालय स्थापना गर्ने, ०८०/८१ को चैत मसान्त सम्म योजना आयोगबाट स्विकृत लिएर आर्थिक मामिला तथा योजना मन्त्रालयमा दर्ता भएर सहमती लिएका बहुबर्षिय योजनाहरुलाई जेठ मसान्त सम्म अगाडि बढाउने निर्णय भएको प्रवक्ता पन्थिले जानकारी दिए।