तुलसीपुर नगर जेसिजद्वारा बृक्षरोपन

तुलसीपुर,२३ जेठ । विश्व वातावरण दिवसको अवसरमा तुलसीपुरनगर जेसिजले नवदुर्गा ग्रीन पार्कमा वृक्षारोपण गरेको हो ।

तुलसीपुरनगर जेसिजका अध्यक्ष पूर्णबहादुर डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यता एवम तुलसीपुर ९ स्थित नवदुर्गा सामुदायिक वनका अध्यक्ष ईश्वरी पाण्डेको विशिष्ट आतिथ्यतामा वृक्षरोपण कार्यक्रम भएको हो ।

तुलसीपुर उपमहानगरपालिका ९ का वडाध्यक्ष घनश्याम ढकालले वृक्षरोपण गरे वातावरणलाई फाइदा पु¥याउने बताए । रुख रोपेर जोगाउनु अहिलेको अपरिहार्य रहेको उनको भनाई छ ।


नवदुर्गा सामुदायिक वनका अध्यक्ष ईश्वरी पाण्डेले वृक्षारोपणले बृक्षरोपन गरेर मात्रै नहुँने भन्दै यसलाई जोगाउन पनि ध्यान दिनुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नवदुर्गा ग्रीन पार्कका अध्यक्ष जयबहादुर घर्ती, जेसिज पूर्वअध्यक्ष नेत्रलाल भट्टराई नारायण, निवर्तमान अध्यक्ष शालिकराम ओली, तुलसीपुरनगर जेसिज अक्षयकोषदाता पदम पोखरेल लगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा ६० बोट विरुवा रोपिएको थियो । अशोक, निम, धुपी सल्ला, विभिन्न जातका फुलहरु, गुल्मोहर लगायतका बिरुवा रोपिएको थियो ।

कार्यक्रम संयोजक मेघराज पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिज आस्थापाठ मधुसुदन गौतमले गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव कमल प्रकाश शर्माले गरेका थिए ।