नवौं अन्तर्राष्ट्रिय योग दिवस

प्रमोद आचार्य
दंगीशरण, ६ असार ।
आहार शुद्ध र स्वस्थ शारीरिक, मानसिक अवस्था अहिलेको मुख्य आवश्वकता रहेको पतन्जलि योग समिती लुम्बिनी प्रदेश महामन्त्री घनश्याम अधिकारीले बताएका छन ।

दंगीशरण गाउँपालिकाको आयोजना तथा पतन्जलि योग समिती दंगीशरणको सह आयोजनामा दंगीशरण गाउँपालिकाको सभाहलमा आयोजित नवौ अन्तराष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

बिहान ४ बजेनै सभाहलमा उपस्थित भएका दंगीशरण शान्तिनगर र बबईका योग प्रशिक्षक तथा पतन्जलि योग समितीका साधक साधिकाहरुले ‘हाम्रो स्वास्थ्य हाम्रो जिम्मेवारी, रक्सी चुरोट पुकार’ गरौ सबले बहिष्कार जस्ता प्लेकार्ड सहित हेकुलि बजार परीक्रमा गरी गाउँपालिकाको सभाहलमा पुगी कार्यक्रममा परीणत भएकोथियो ।

सन २०१४ मा सयुक्त रास्ट संघको बैठकमा संसारभरका १९३ वटा देशहरुका सदस्यहरुको उपस्थितिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको प्रस्ताबमा योगलाइ अन्तराष्ट्रिय दिवसको रूपमा मनाउने गरी गरीएको प्रस्ताब स्विकृत भएसङ्गै २०१५ देखी २१ जुनको दिनलाइ अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन थालियको बताए।


यस्तै कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले मानवले प्राप्त गर्ने शारीरीक स्वस्थता मात्र प्रयाप्त नहुने बताए । कुनै पनि ब्यक्ती स्वस्थ हुनका लागी उसको शारीरीक, मानसिक आध्यात्मिक स्वस्थता सङ्गै भावनात्मक स्वस्थता समेत आवश्यक पर्ने बताए । योगलाई महत्वका साथ बुझि आफु निर्वाचित भएर आयपछि पहिलो वर्ष ३ वटा वडामा योग हल निर्माण गरीसकेको र अब आउने आर्थिक वर्षमा पनि ३ वडामा योग हल निर्माण गरीने आनकारी दिए ।

कार्यक्रममा बिशिष्ट अथितीको आसनबाट बोल्दै बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले आमा नै मानव जातीको पहिलो गुरु रहेकाले आफ्ना सन्तानको आहार विहार कस्तो हुने र कस्तो सस्कार प्रदान गर्ने भन्ने कुरा आमामा निर्भर रहने बताए ।मानबलाइ प्रमात्मा सङ्ग जोड्ने विधिको जग बसाल्न हरेक आमाहरु सचेत रहन समेत सुझाब दिए।

कार्यक्रममा बोल्ने धेरैजसो बक्ताले अन्तराष्ट्रिय योग दिवस र योगको बारेमा यसको महत्त्व सबैमा भिज्न नसकेको प्रती चिन्ता ब्यक्त गरेका थिए ।अब हरेक स्थानियतहले योगलाई पहिलो प्राथमिकतामा राख्न सुझाव समेत दियका थिए ।

९ औ योग दिवस आज विश्वभरका १९७ देश मध्य १७७ राष्ट्रले एकै साथ मनाइरहेका छन ।कार्यक्रममा पतन्जलि योग समितीका अध्यक्ष निम बहादुर खड्का ,बबईका अध्यक्ष नुमा केसी,दंगीशरणका अध्यक्ष दिपक बिस्ट,शान्तीनगर ७ का अध्यक्ष तारा बहादुर वलि,दंगीशरण १ का अध्यक्ष रमेश भन्डारी ,दंगीशरण ३ का अध्यक्ष शुकलाल चौधरी लगाएतले आ- आफ्नो भनाइ राखेका थिए । पतन्जलि योग समितिका महिला सह प्रभारी निर्माला डाँगीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण पतन्जलि योग समिती दाङका सदस्य अमर भुषालले गरेका थिए ।