युवा संघको मेचि महाकाली अभियानलाई दाङमा स्वागत तथा विदाई

दाङ, १९ भदौ । युवा संघ नेपाल केन्द्रीय कमिटीले आयोजना गरेको मेची महाकाली युवा जागरण अभियान लाई युवा संघ नेपाल दाङले स्वागत र बिदाइ गरेको छ । कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय इन्चार्ज दिलु पन्त, अध्यक्ष नरेश शाही, महासचिव दिपक जिएम लगायतको टोली सहभागि थियो ।

त्यस अवसरमा एकिकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, जिल्ला अध्यक्ष शुरामणी बेल्बासे, केन्द्रीय सदस्य शारदा स्वर्णकार लागायतका नेताहरुको सहभागिता थियो । सोही अभियानले युवा संघको झण्डा दाङ जिल्ला पार्टी र युवा संघ नेपाल दाङलाई हस्तान्तरण गरी लमहीमा कार्यक्रम गरेको हो ।

कार्यक्रममा केन्द्रीय सचिब विश्वासीले अबको चुनाबमा पार्टीले सशक्त सहभागिता जनाउने बताएका थिए । साथै चुनाबमा विजयी गराउनकालागि सबै पार्टी पंक्ति लाग्न समेत निर्देशन गरेका थिए । त्यस अवसरमा पार्टी अध्यक्ष बेल्बासे, केन्द्रीय पार्षद कमिटी सदस्य मिना गुरुङ, केन्द्रीय पार्षद कमिटी सदस्य राम प्रसाद गैरेलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।


युवा संघ नेपालको तर्फबाट युवा संघ नेपाल केन्द्रीय महासचिव दिपक जिएम र कोषाध्यक्ष दिपक दुवाडीले अभियानको बारेमा जानकारी गराएका थिए, भने संगठनकै केन्द्रीय सचिव प्रेमा लामाले दाङ जिल्ला पार्टी कमिटी र युवा संघ नेपाल दाङलाई धन्यवाद आभार सहितको मन्तव्य व्यक्त गरेका थिए ।

त्यसपछि अभियानको टोलीलाई युवा संघ नेपाल दाङले स्कर्टिङ गर्दै लमहीबाट भालुवाङ सम्म पु¥याएर विदाई गरेको थियो । कार्यक्रम सहजीकरण युवा संघ नेपाल दाङ जिल्ला अध्यक्ष हरिश गिरीले गरेका थिए ।