तुलसीपुर, २० जेठ । दाङ तुलसीपुरका एक युवकमाथि खुकुरी प्रहार भएको छ । आफूसंगै गएका साथीहरुको खुकुरी प्रहारबाट तुलसीपुर उपमहानगरपालिका – ९ मासु मन्डीदेखि पूर्व पातुखोला घर भएका श्याने भनिने टोपबहादुर नेपाली घाइते भएका छन् ।
उनका दुबै खुट्टामा घुँडादेखि मुनी खुकुरी प्रहार भएको छ, भने शरिरमा पनि खुकुरी प्रहार भएको छ । घाइते नेपालीलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
नेपाली माथि बुलुका ६ बजेतिर तुलसीपुर – १७ मानपुरमा खुकुरी प्रहार गरेका हुन् । तुलसीपुर बाट संगै गएका उनकै साथीहरुले नै बिजौरी हुँदै मानपुर पु¥याएर खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । उनीहरुबीचको पूर्व रिसिबीका कारण घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
खुकुरी प्रहारको दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर – ९ बेलुका सुरज वली र तुलसीपुरकै सञ्तोष हमाललाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
नेपाली माथि खुकुरी प्रहार घटनामा संलग्न भनिएका दंगीशरण गाउँपालिका – ५ का अन्दाजी २६ बर्षीय निर्मल बस्नेत भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
लाइभदाङ । २० जेष्ठ २०८१, आईतवार २२:०७ बजे