हजुरबुबाको हत्या आरोपमा नाती पक्राउ

रुकुम पश्चिम, १२ फागुन ।
हजुरबुबाको हत्या आरोपमा नाती पक्राउ परेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १२ जुम्लाबाङका ५१ वर्षिय हस्तराम खड्काको हत्या गरेको आरोपमा उनकै नाती २३ बर्षिय डिल्लीरमण खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले हत्या आरोपी खड्कालाई रगत लागेको चप्पलसहित पक्राउ गरेको जानकारी दिनुभयो ।


उहाँका अनुसार खड्काले सामान्य विवादको क्रममा उत्तिस जातको काठको मुडाले टाउकोमा प्रहार गरि हत्या गरेको स्वीकार गरेका छन्।

पक्राउ परेका आरोपि खड्कालाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान मुसिकोट नगरपालिका–१२ जुम्लाबाङ बुगेरीस्थित बैरागी ठाँटिबाट त्रिवेणीतर्फ जाने सडक छेउमा हस्तरामको शव भेटिएको थियो।