मास्कीले बजेट बिनियोजन गरेपछि खयरभट्टीमा सडक स्तरबृद्धि

तुलसीपुर,३ चैत । लुम्बिनी प्रदेशको अर्थमन्त्री हुँदा धनबहादुर मास्की(राजेश)ले ५० लाख बजेट बिनियोजन गरेपछि बबई गाउँपालिका ५ खयरभट्टीमा सडक स्तरोन्नतीको अन्तिम चरणमा पुगेको छ । सोही ठाउँमा यस अघि कच्ची सडक थियो ।

जसले गर्दा आवतजावतमा समस्या हुने गरेको थियो । त्यसलाई मध्येनजर गरि हापुरेदेखि खयसबट्टी जोड्नकालागि ५० लाख बजेट बिनियोजन गरिएको थियो । त्यही बजेट अनुसार काम अन्तिम चरणमा पुगेको छ । नाली निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।


जसले स्थानीय खुसी भएका छन् । मास्कीले पश्चिम दाङमा बिनियोजन गरेको बजेटले पछिल्लो समय पार्टीप्रति आकर्षण बढिरहेको छ ।