
तुलसीपुर, १८ फागुन । तुलसीपुर एयरपोर्ट विस्तारकालागि तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानीय चौधरीले एक करोड बजेट ल्याएकी छन् । उनको पहलमा एक करोड बजेट आएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आईतबार एक करोड बजेट बिनियोजन गरको हो । साथै मन्त्रालयले थप ९९ करोड बजेट सुनिश्चित गर्नकालागि अर्थ मन्त्रालयलाई पत्र पठाएको छ । आईतबार नै मन्त्रालयले बजेट पठाएको हो । उपप्रमुख चौधरी आफू निर्वाचित भएसंगै उक्त एयरपोर्ट विस्तारकालागि पहल गरिरहेकी छिन् ।
उनले आफ्नो कार्यकालमा यो एयरपोर्ट विस्तार गरेरै छाड्ने प्रतिबद्धता जनाएकी छन् । बाँकी ९९ करोड बैशाखसम्म सुनिश्चित हुने समेत उपप्रमुख चौधरीले बताईन् । २०११ सालमा स्थापना भएको उक्त एयरपोर्टमा अहिले जहाज समेत बस्न सकिरहेको अबस्था छैन । हाल विमानस्थल ७५० मिटर लम्बाई छ । यसलाई बढाएर १५ सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज बस्न सक्छन् ।
तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् । साना जहाजले उल्लेख्य रुपमा फाईदा लिन नसकेपछि ति जहाज बस्न पनि छोडेका छन् ।




लाइभदाङ । १८ फाल्गुन २०८१, आईतवार २१:५६ बजे