धान,गहुँ फल्ने खेतमा अब बेसार खेति

तुलसीपुर,९ माघ ।
कुनै समय धानका बाला झुल्थे । गहुँ उत्पादन पनि उस्तै हुन्थ्यो । तर, अहिले ति खेतमा बेसार फलिरहेको छ । तुलसीपुर ७ मिलनचोक निवासी कुमार भण्डारीले पहिले–पहिले आफ्नो खेतमा धान, गहुँ खेति गर्नुहुन्थ्यो तर, अहिले बेसार खेति गर्नुभएको छ ।

त्यस्तै सोही ठाउँका ताराबहादुर अधिकारीले पनि गहुँ भन्दा बेसारले नै आम्दानी दिन थालेपछि आफ्नो ४ विघा खेतमा बेसार खेति गर्ने गर्नु भएको छ । उहाँहरु मात्रै होईन्, दाङमै बेसार उद्योग खुलेपछि धेरै किसानहरु बेसार खेतिमा आकर्षित भएका छन् । तुलसीपुर ७ मिलनचोकमा बीटी ब्राण्डको नेपाल मसला उद्योग सञ्चालनमा आएपछि किसानहरु बेसार खेतिमा आकर्षित भएका हुन् ।“पहिले धान गहुँ लगाउँथ्यौं, कहिलेकाही तरकारी पनि लगाउथ्यौं”,कृषक अधिकारीले भन्नुभयो“तर, त्यो उत्पादन बजारीकरण हुन सक्दैनथ्यो, तरकारीबाट पनि त्यति आम्दानी लिन नसकेपछि बेसार नै लगाउन थलेका हौं ।” त्यो उद्योगले किसानलाई बेसार उत्पादन गर्न प्रोत्साहन स्वरुप तालिम पनि प्रदान ग¥यो र विउ पनि उपलब्ध गराएपछि किसानहरुले यसरी बेसार खेति गर्न थालेका हुन् ।

उत्पादित सबै बेसारलाई त्यही उद्योगले खरिद गर्छ र प्रशोधन गरेर बजारमा विक्री गर्ने गरेको छ । काचो बेसार ४० रुपैँया प्रतिकिलो खरिद गर्ने गरेको छ । अधिकारीले मात्रै ४ विघा जग्गामा बार्षिक ६ मेट्रिकटन जति बेसार उत्पादन गरेर उद्योगलाई उपलब्ध गराउने गर्नुभएको छ । अधिकारी र भण्डारीजस्तै तुलसीपुरका १२० जना किसानले अहिले बेसार खेति गर्ने गरेका छन् । ति सबै नेपाल मसला उद्योगले खरिद गरेर प्रशोधन पछि बजारीकरण गर्ने गरेको छ । यसरी बेसार खरिद गरेर बजारीकरण गरिदिएपछि आफूहरुलाई घर चलाउन पनि सहज भएको भण्डारीले बताउनुभयो ।“हामीलाई अहिले अदुवा खेति गरेर घर चलाउन सहज भएको छ”,उहाँले भन्नुभयो । तुलसीपुरको मोतिपुर, अम्बापुर, अम्वासलगायतका किसानहरुले यसरी खेतिगर्ने गरेका छन् ।

उद्योगले बेसारलाई प्रशोधन गरेर धुलो बनाई ३२ वटा जिल्लामा पु¥याउने गरेको उद्योगका सञ्चालक जगदिश भण्डारीले बताउनुभयो ।“किसानले उत्पादन गरेको बस्तु बजारमा नपुग्ने र खेतमै कुहिने अबस्था थियो”,उहाँले भन्नुभयो“यसैलाई मध्यनजर गरि हामीले यो उद्योग सञ्चालनमा ल्याएका हौं, यसले किसानको जीवनस्तर पनि माथि उठाएको छ ।”


२०७३ सालमा स्थापना भएको उक्त उद्योग सुरुवातमा १ कराड २५ लाख खर्च भएपनि अहिलेसम्म करिब डेढ करोड लगानी भइसकेको उहाँको भनाई छ । जिल्लामा बेसार पनि खेति नहुँने र बेसार बाहिरबाट आयत गर्नुपर्ने अबस्थालाई अन्त्य गर्न पनि उद्योग सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।“बेसारमा रोगप्रतिरोधात्मक शक्ति पनि हुन्छ, पौष्टिक कुरा पनि हुन्छ”,उहाँले भन्नभयो“त्यसैले पनि बेसारलाई पनि जिल्लामा उत्पादन गर्नुपर्छ, भन्ने हेँतुले पनि कृषकलाई प्रोत्साहन ग¥यौं, भने बजारीकरणकालागि हामीले उद्योग सञ्चालनमा ल्यायौं ।” अहिले उद्योग बजारीकरणकालागि ४ जना र उद्योगमा काम गर्न अन्य १० जना कर्मचारीले काम गरिरहेको उहाँको भनाई छ ।

बेसार उद्योगबाट बार्षिक ४ करोडसम्मको कारोबार गर्ने गरेको छ । जसबाट ५ देखि ७ प्रतिशत फाईदा हुने गरेको उहाँ बताउनुहुन्छ । अहिले बार्षिक ३०० मेट्रिकटन बेसारलाई प्रशोधन गर्ने गरिएको भएपनि यसलाई बढाएर करिब एक हजार मेट्रिकटन उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।“अहिले धेरै जिल्लामा माग भइ पनि आएको छ”,उहाँले भन्नुभयो“त्यसैले उत्पादन र प्रशोधन पनि त्यतिकै बढाउनु पर्ने अबस्था छ ।”

अहिले तुलसीपुरमा मात्रै २० विघाको हाराहारीमा बेसार खेति हुने गरेको छ । उद्योगले बेसारसंगै चिल्ली पाउडर, अदुवा पाउडर, मरिच पाउडर, सिस्नो पाउडर, मासु मसला, ग्रम मसलालगायतगरि ४२ वटा मसला समेत उत्पादन हुने गरेको छ । अब केही समयमा रामपुर कम्पोजिट मकैको विउ उत्पादन गर्ने, तोरीको विउ उत्पादन गर्ने समेत उहाँले बताउनुभयो ।
उद्योगले अहिलेसम्म तुलसीपुर उपमहानगरपालिकाको मेयर उत्कृष्ट पुरस्कार, मुख्यमन्त्री पुरस्कारलगायत प्राप्त गरेको छ । साभारः अग्रिम साप्ताहिक