तुलसीपुर
१५ पुस / दाङको तुलसीपुरबाट नक्कली फोन बेच्दै हिडिरहेका दुईजनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार ‘ओप्पो’, ‘सामसुङ’लगायतका नक्कली फोनहरु बेच्दै हिडिरहेका दुईजनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
उनका अनुसार ति ब्यक्तीहरुले भारतबाट ति मोवाईलको नक्कल गरेर निकालेका मोवाईल फोनहरुलाई गाउँ–गाउँमा बेच्ने गरेको फेला परेको छ । यसरी नक्कली मोवाईल बेच्दा गाउँ–गाउँमा नागरिकहरु ठगिने गरेको उनको भनाई छ ।
त्यस्तै अहिले गाउँ–गाउँमा यसरी नक्कली फोन बेच्नेहरुको विगविगि रहेको तुलसीपुरका मोवाईल व्यबसायी सुरज भण्डारीले बताए ।‘अहिले गाउँ–गाउँमा यसरी नक्कली फोन बेच्नेहरुको गिरोह पस्ने गरेको छ’, उनले भने‘धेरै जना त त्यस्ता मोवाईल किनेर हाम्रो सलमा देखाउन आउने गर्नुभएको छ ।’
लाइभदाङ । १५ पुष २०७८, बिहीबार १४:२५ बजे