तुलसीपुर–३ मा खानेपानीको समस्या

तुलसीपुर,१४ जेठ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ अम्बास,कल्ले–बल्लेलगायतका बस्तिमा खानेपानीको हाहाकार छ । तुलसीपुर बजारदेखि १३ किलोमिटरको दुरीमा रहेको सोही ठाउँमा खानेपानीको विगतदेखिकै समस्या छ । घर अगाडी नै पाईप पुगेका छ्, तर पनि, नियमित पानी आउदैन् । बर्षादमा पानीको सहज आपूर्ति हुने गरेको भएपनि त्यहाँका आधादर्जन गाउँहरु काकाकूल हुन्छन् ।

धारामा पानी नआएपछि तीन घण्टा हिडेर खेलाबाट पानी ल्याउनु पर्ने अबस्था रहेको तुलसीपुर ३ अम्वास निवासी शसिकला बिकले बताईन् । उनका अनुसार खोलामा पनि पालो पाउन गाह्रो पर्छ । धारामा पनि नियमित नआउने र खोलामा पनि पालो कुुर्नुपर्ने अबस्था रहेको छ ।

सडक र विद्युत पुगेपनि सहजै खानेपानी पुग्न नसकेको उनको गुनासो छ । “घरमा पानी सकिएको हुन्छ, पानी ल्याएपछि खाना पकाउने भन्ने हुन्छ”,उनले भनिन् “तर, कहिल्यै १२ बजेसम्म पनि पानी ल्याई नपु¥याउँदा त्यतिबेलासम्म खान पाकेको हुँदैन ।” गाउँका सबै मान्छे २/३ घण्टा हिडेर धारेखोला गएर पानी ल्याउने गर्छन् । त्यहाँ पनि पालो पाईदैन । मुहान सानो भएकाले पहिले गएकाले पानी पाउछन्, पछि गएकाहरुले पानी पाउन पनि मुस्किल हुने गरेको स्थानीय सावित्रा विकले बताईन् ।“पानी ल्याउन हामी राति ३ बजे उठेर जानुपर्छ, जो अघि गयो, उसैले पानी पाउने र पछि गएकाले पानी पनि नपाउने अबस्था छ”,उहाँले भन्नुभयो“पानी ल्याउनलाई राति उठ्नु पर्छ ।”


पालो पाएपछि ६ बजे घर पुगिन्छ, नत्र भने १०/११ बज्ने गरेको उनीहरुको गुनासो छ । त्यहाँ थापानी र घुटघुतेबाट पानी ल्याउने गरेका छन् । त्यहाँ गाउँका २ वटा ट्याङ्की छन् । ति मध्ये एउटा ट्याङ्कीको कल्लेबल्ले र अर्को ट्याङ्कीको अम्बास पानीकालागि पाईपबाट पठाउने गरिन्छ । तर, त्यहाँ पानी नपाउने समस्याले बर्षौदेखि आजित भएको स्थानीय मालबहादुर वलीले बताए ।

अहिले त्यहाँ सडक, विद्युत पुगेको छ । विद्युत पनि बर्षा लाग्नै वित्तिक जाने गर्छ । चार वर्ष अघि त्यहाँ विद्युत जडान गरिएको हो । तर, बीच–बीचमा जाने, आउने समस्या भइरहने गर्छ । “एउटा रुख ढल्यो की विद्युत बन्द हुन्छ, त्यसलाई मर्मत गर्न कसैको पनि चासो हुँदैन”,स्थानीय अगुवा लिलामणी बाँठाले भन्नुभयो“सडक पनि बर्षादमा त्यस्तै समस्या हुन्छ ।” त्यहाँ कल्ले,बल्ले, टुनापानी,नाउला, अम्बास,सितधारालगायतका गाउँहरु छन् । त्यहाँ करिब ३ सय बढि घर रहेका छन् । साभारः अग्रिम साप्ताहिक