माओवादी केन्द्रको प्रबक्ता र सुरक्षा बिभागमा महरा

तुलसीपुर
८ भदौ / नेकपा माओवादी केन्द्रको प्रबक्ताको जिम्मा कृष्णबहादुर महरालाई दिईएको छ ।

साथै प्रकाशन तथा प्रसारण विभागको प्रमुख तथा राष्ट्रिय सुरक्षा विभागको प्रमुख समेत बनाईएको छ । यस्तै संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राजकीय मामला तथा सु्शासन विाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा बर्षमान पुनलाई प्रदान गरिएको छ । केन्द्रीय समितिको बैठकले उनीहरुलाई जिम्मेवारी दिएको हो । यस्तै पार्टीको दाङ जिल्ला  इञ्चार्जमा जीवन गौतमलाई निरन्तरता दिएको छ ।


त्यस्तै लुम्बिनी प्रदेशको पार्टीको ईञ्चार्जमा चक्रपानी खनाल, सहईञ्चार्जमा कुलप्रसाद केसी, हकिकुल्ला खान, प्रदेश अध्यक्षमा ओनसरी घर्ती र सचिबमा जगप्रसाद शर्मा ‘अपार’ लाई नै निरन्तरता दिईएको छ ।

उनीहरु एमालेसंग पार्टी एकता पछि सोही जिम्मेवारीमा थिए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'