भारतको निर्वाचनले कोइलाबास नाका बन्द

तुलसीपुर, ११ जेठ ।
भारतमा हुन गइरहेको निर्वाचनका कारण दाङको कोइलावास नाका बन्द हुने भएको छ ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत दाङको एक मात्रा सीमानाका कोइलावासमा ७२ घण्टा बन्द हुने भएको हो ।

अन्तर देसिय निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमा नाका बन्द हुने व्यवस्था अनुसार कोइलावास नाका जेठको १२ गते राति १२ बजेसम्मका लागि बन्द हुने भएको हो ।


भारतमा हुने लोकसभा निर्वाचनकालागि नाका बन्द हुन लागेको जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना मार्फत जानकारी गराएको छ ।यो अबधिमा आवातजावत नगर्न समेत सर्वसाधारण नागरिकलाई अनुरोध गरिएको छ ।

May be an illustration of blueprint and text that says "जिल्ला प्रशासन कार्यालय 行 위위휴대대리 कार्ालय:०८२-५६०१३३ ८२-५૬००२८ රද-4දුප आवास: න-ුඅිංංචඳී घोराही, दाड पत्र संख्या:कप्.२०८०/०८१ :क.प्र. चलानी नम्बर: मिति २०८१/०२/११ ने.स. १९४४ वछलागा १,शुक्रबार सीमा नाका बन्द सम्बनधी सूचना!!! भारतमा लोकसभाको निर्वाचन जेष्ठ १२ (MAY 25) गते सम्पन्न हुन गई रहेको हुँदा निर्वाचन हुनु भन्दा ७२ घण्टा अगाडि सीमा नाका बन्द हुने कानूनी व्यवस्था रहेकोले नेपाल-भारतको दाड जिल्ला स्थित नाकाहरु बन्द भईसकेकोले जेष्ठ १२ (MAY 25) गते राती १२:०० बजेसम्म सीमा नाका बन्द रहेको हुँदा आवत जावत नरगर्तु नगराउनुहुन सूचित गरिन्छ। 6oca 02199 निम बहादुर के.सी. प्रशासकीय अधकृत"