एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी

बुटवल,२० भदौ । बुटवलमा जारी नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कंडेल विजयी हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कंडेल विजयी हुनुभएको हो । कंडेलले ४७९ मत प्राप्त गर्दा रिजालले ४७७ मत प्राप्त गर्नुभएको थियो । पदाधिकारीमा एक उपसचिव वाहेक अरु सबै पदमा राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरु

विजयी भएका छन् । कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुनुहुन्छ भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुनुहुन्छ । सचिवमा लक्ष्मण आचार्य सहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।


उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा रोल्पाका पूर्ण बुढामगर विजयी हुनुभएको छ । महिला उपसचिवमा लिला राना विजयी हुनुभएको छ । बुढामगर रिजाल प्यानलका हुनुहुन्छ भने बांकी सबै कंडेल प्यानलका हुन् । यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनुभएको छ । एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधिले मतदानमा उपस्थित नभएको एमालेले जनाएको छ ।