जग्गा ब्यबसायी र पीडितद्धारा आपत्ति

दाङ, २७ जेठ ।
केही दिन यता विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा “दाङमा प्लटिङको नाममा ठगी” गरेको भन्ने समाचार प्रकाशित भएपछि पीडित र जग्गा ब्यबसायीले आपत्ति जनाएका छन् ।

पीडित भनिएकी घोराही १७ निवासी धना कुमारी घिमिरेले समाचार प्रति आपति जनाउँदै पीडित र पीडक पक्षको लेनदेनको विषय भएकोले पहिले नै कुरा मिलिसकेको विज्ञप्ति मार्फत जानकारी गराएका हुन् ।

सोझा ब्यक्तीको जग्गामा सस्तोमा लिन नपाएपछि केही ब्यक्तीहरुले यस्तो प्रपन्च गरेको उनीहरुको भनाई थियो । उद्यपी यो विषय केही दिन अघि जिल्ला प्रहरी कार्यालयमा पुगेर छलफल भएको थियो ।


 

दाङमा जग्गा ब्यबसायिहरुको प्लटिङको नाममा ठगि धन्दा