
तुलसीपुर, ११ जेठ ।
बुद्ध जयन्तीको अवसर पारेर तुलसीपुर मेट्रो कलेज बिएएलएलबी दोस्रो सेमेस्टरका विद्यार्थीहरुले मानव सेवा आश्रम तुलसीपुरमा सहयोग गरेका छन् । मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बुद्धको उपदेशलाई मनन गरेर बुद्ध पूर्णिमाको अवसरमा सहयोग गरिएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयले सञ्चालन गरेको कलेजमा बुद्ध दर्शनका बारेमा समेत अध्यापन हुने गरेको छ ।
सहयोग कार्यक्रममा विद्यार्थीहरुले मानवताको धर्मलाई सबैले पालना गर्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा शिक्षक किशोर अर्याल, रेशम ओली, विद्यार्थीहरु इन्द्र बहादुर केसी, अभिना गिरी लगायतले बुद्ध दर्शनका बारेमा भनाइ राखेका थिए । विद्यार्थीहरुले मानवताको नाताले सहयोग गरेकोमा व्यवस्थापन हिरु जोशीले धन्यवाद दिएका थिए । विद्यार्थीहरुले खाजा खर्च कटाएर १० हजार सहयोग गरेका हुन् ।



लाइभदाङ । ११ जेष्ठ २०८१, शुक्रबार ०८:१९ बजे