दंगीशरण गाउँपालिकाले सुरुवात ग¥यो ऐलानी जग्गाको नाप जाच

प्रमोद आचार्य
दंगीशरण, १२ पुष ।
दंगीशरण गाउँपालिकाले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी भुमिहिन दलित ,भुमिहिन सुकुम्वासी ,र अव्यवस्थित बसोवासीहरुको ऐलानि जग्गाको नाप जाचको सुरुवात गरेको छ ।

                       

दंगीशरण गाउँपालिकाको वडा नं. ४ बाट बिधिधतरुपमा पालिका अध्यक्ष शम्भु गिरीले नाप जाचको उद्घाटन गर्नुभएको हो । भुमि आयोगको कामलाई तिब्रताका साथ अगाडी बढाएको दंगीशरण गाउँपालिकाले हालसम्म पालिकाभरी ३७७५ (तीन हजार सात सय पचहत्तर ) जनाको लागत संकलनको काम सकेको भु केन्द्रका सयोजक बिनोद अधिकारीले बताउनुभयो ।


जसमध्य भुमिहिन दलित १५९ जना,भुमिहिन सुकुम्बासी १९४ जना र अव्यवस्थित बसोवासी ३४२२ गरी जम्मा ३७७५ को लागत संकलन भइसकेको बताउनुभयो । यस्तै पालिका अध्यक्ष शम्भु गिरीले निस्सा बितरण र पालिकाभरी करीब ५६ वटा नियन्त्रणबिन्दु स्थापना गरीसकेको बताउदै स्थापना भएका नियन्त्रण बिन्दुलाइ आधारमानि वडा नं. ४ बाट नाप जाचको काम शुरु गरीएको जानकारी दिनुभयो ।

यस्तै पालिका अध्यक्ष गिरीले दंगीशरणमा भुमिको कामलाई तीब्रतादिने पुर्ब जनप्रतीनिधिहरुलाई धन्यवाद दिनुभयो । सरकार परिवर्तनले आयोगको काममा प्रभाब पर्ने गरेको पुरानो परम्परा रहेकाले आफ्नो कार्यकालमा कामलाई पुर्णता दिन आफु लागिपर्ने बताउनुभयो ।