हिमालले एकेडेमीले मनायो ८ औ भलिबल दिवश

लक्ष्मण बस्नेत
जेठ ९ दाङ ।
हिमाल एकेडेमी तुलसिपुरले ८ औँ राष्ट्रिय भलिबल दिवस एक कार्यक्रमका बिच मनाएको छ । “स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ दिप प्रज्वलन गरि ८ औँ राष्ट्रिय भलिबल दिवस मनाइएको हो ।

बिद्यालयका एकेडेमीक कोर्डिनेटर तथा भलिबलका एफआईभिबी लेवल वान कोच तथा भलिबल प्रशिक्षक द्रोण प्रकाश चन्दको सभापतित्व तथा दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थी र अध्यापनरत शिक्षकका बिच मैत्रपूर्ण भलिबलको आयोजना समेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले राष्ट्रले भलिबल खेल लाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेपनि अपेक्षाकृत रुपमा यसको बिकास र बिस्तार हुन नसकेको बताएका थिए ।

खेलकुद क्षेत्र त्यसमाथि पनि भलिबल खेल लाई राष्ट्रिय खेल घोषणा गरेको आज आठौ वर्ष पुग्दै गर्दा यसको विकासमा राज्यको चासो र चिन्तन सहितको दृष्टि पुग्न नसक्नु दुखद हो अब राज्यले भलिबल लाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो बनाउन आवश्यक छ बस्नेतले भने।


कार्यक्रममा बोल्दै विशिष्ट अतिथी प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसिले खेलकुद बालबालिकाको सर्वाङिन बिकासको आधार स्तम्भ भएकाले हरेक बिधालयले शिक्षा जत्तिकै महत्वका साथ खेलकुद लाई संग संगै लैजानु पर्ने बताए । कार्यक्रमका सभापति एवं बिद्यालयका एकेडेमीक कोर्डिनेटर तथा भलिबलका एफआईभिबी लेवल वान कोच  द्रोण प्रकास चन्दले बिद्यालयमा खेल मैत्री वातावरणका साथ शिक्षण सिकाई लाई प्रभावकारी ढंगले अगाडि बढाउन बिधालय लागि परेको बताए ।

सो अबसरमा बिद्यालयका प्रिन्सिपल नवीन कुमार पराजुली लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण भिम लाल मरासिनीले गरेका थिए ।