प्रतिष्ठानमा एमबीबीएस पढाउने तयारी

तुलसीपुर, ८ जेठ ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस तहको अध्यापन गराउने तयारी गरेका छन् । प्रतिष्ठानले यही शैक्षिक सत्रदेखि अध्यापन गराउने गरी एमबीबीएस कार्यक्रमको पाठ्यक्रम तयार गरेको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालका अनुसार आगामी सत्रदेखि नै एमबीबीएस कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यसका निम्ति चिकित्सा शिक्षा आयोगबाट हुने सेल्फ अप्राइजल पास, अत्याधुनिक ल्याव, पूर्वाधार तथा जनशक्तिको तयारीमा लागेको उहाँको भनाई छ । एमविविएसकै लागि फ्याकल्टी निर्माण, प्राध्यापक, असिष्टेन्ट प्रोफेसर, एशोसियट प्रोफेसर र प्रोफेसरलाई प्रतिष्ठानमा ल्याउने काम भइरहेको रजष्ट्रार लम्सालले बताउनुभयो ।


अहिले भएकै जनशक्ति र केही थप गरेर एमबीबीएस अध्यापन गराउने तयारी भएको उहाँले बताउनुभयो । प्रतिष्ठानले अहिले एमडी–एमएस, नर्सिङ कार्यक्रम सञ्चालन भइरहेको छ । २०७४ सालमा प्रतिष्ठानको ऐन जारी भएपनि सुरुवाति पाँच वर्षसम्म कुनैखालको शैक्षिक कार्यक्रम प्रतिष्ठानले सञ्चालन गर्न सकेको थिएन् ।