तुलसीपुरमा महिला कारागार भवनकालागि ९० लाख

तुलसीपुर, २ असार ।
दाङको तुलसीपुर स्थित महिला कारागार भवन निर्माण सम्पन्न गर्न ९० लाख बजेट बिनियोजन गरिएको छ ।


आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले उक्त बजेट बिनियोजन गरेका हुन् । हाल तुलसीपुरमा दुई वटा कारागार भवन छन् । महिला कारागार भवन निर्माणको काम भइरहेको छ ।