दाङमा राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न

दाङ, ८ जेठ  । राइटपाथ करियर काउन्सिलिङले दाङमा गरेको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ भव्यताका साथ सम्पन्न गरेको छ । गत शुक्रवार शैक्षिक परामर्शदाता संस्था राइटपाथले आफ्नो शाखा कार्यालय दाङमा एजुकेसन कन्क्लेभ समापन गरेको हो ।

संस्थाले अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीलाई विभिन्न आकर्षक अफरहरू सहित कन्क्लेभ आयोजना गरेको थियो । कन्क्लेभमा सहभागी विद्यार्थीले विदेश अध्ययन सम्बन्धी विज्ञहरूबाट महत्त्वपूर्ण जानकारीहरू हासिल गरेका थिए । एजुकेसन कन्क्लेभमा करिब ५ सय भन्दा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।

दाङ राइटपाथका सञ्चालक मेघराज ओलीका अनुसार उक्त कन्क्लेभमा विद्यार्थीले २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई एकै छानामुनि भेटेर आफ्ना जिज्ञासाहरू मेटाउने मौका पाए भने युनिभर्सिटीका प्रतिनिधिबाटै विश्वविद्यालयका बारेमा प्रत्यक्ष जानकारी लिने मौका समेत पाए ।


राइटपाथले उक्त कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूका लागि विभिन्न अफरहरूको पनि व्यवस्था गरेको थियो । दाङ राइटपाथका सञ्चालक ओलीका अनुसार कन्क्लेभमा सहभागी हुने विद्यार्थीहरूका लागि एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर राखिएको थियो भने फ्री मुभी टिकेट तथा एक्साइटिङ गिफ्टह्याम्फरहरूको पनि व्यवस्था गरिएको थियो ।

एजुकेसन कन्क्लेभमा वरिष्ठ गायिका अन्जु पन्त पनि सहभागी भएकी थिइन् । उनले एजुकेसन कन्क्लेभमा सहभागी भई विद्यार्थीहरूलाई प्रत्यक्षरुपमा हौसला समेत प्रदान गरेकी थिइन् ।

यसअघि काठमाडौँ, धनकुटा, हेटौँडा, चितवन र बुटवलमा पनि ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न भइसकेको छ । वैशाख २९ गते काठमाडौंबाट सुरु भएको ग्रान्ड एजुकेसन कन्क्लेभमा करिब ६ हजारभन्दा बढी अभिभावक तथा विद्यार्थीहरूले सहभागी जनाइसकेका छन् ।