आफ्नै सपनामा अस्ताएको ‘ऊ’

लक्ष्मी तामाङ
स्थानीय चुनावको परिणामसँगै समिरले पेरिसडाँडा हुँदै प्रचण्ड निवाससम्म जान प्रस्ताव गर्नुभयो । एम.ए.को अन्तिम नतिजाको लागि जानै पर्ने हुनाले मैले पनि सहमति जनाए । काठमाडौं पुगे कै दिन टि.यू.को काम सकाएर हामी क.प्रचण्ड निवास जान क.परवना दाइको सम्पर्कमा रह्यो उहाँ युद्धकालमा हाम्रो कसिसर हुनुहुन्थ्यो ।

विहानै ट्याक्सी रिर्जभमा निवास पुग्दै गर्दा दाइकै आदेशमा सुरक्षाकर्मीबाट निवास प्रवेशको अनुमति पायौँ । युद्धकालमा लडाईमा जाँदै गर्दा हाम्रो एउटै अन्तिम इच्छा हुने गर्दथ्यो कि शहीद हुनुभन्दा अगाडि प्रचण्डलाई देख्न पाउँ । हो म उही प्रिय कमरेडलाई भेट्न जाँदै थिए । युद्धविरामताकाको भेटपछि सार्वजनिक भेट बाहेक भएको थिएन । निवासलाई नजिकबाट नियाँले चारैतिर अग्लो पर्खाल, फराकिलो फिल्ड, पूर्वपट्टि मध्यम खालको दुई भवन त्यसैका पछाडितिरको खोरमा एक लेकाली च्याङ्ग्रासँगै केही लोकल कुखुरा छेउमा हरियो सागसब्जीको करेसावारी सायद प्रचण्डलाई मन पर्ने भएर होला यो सब ।

त्यसपछि दोस्रो सानो गेट प्रवेश पछिको ठुलो भवन नै प्रचण्ड निवास थियो । त्यहाँ यति हेर्दै गर्दा चिनजान, अनजानका थुप्रै भेटकर्ताहरूको भिड हुन थाल्यो । कालो कोट, टाइसुटमा कालै सुटकेश बोकेकाहरू, ठूला–ठूला भुँडीहरूमा मोटोमोटा फाइलका झोला बोकेकाहरू र सामान्य म जस्तै केही थानहरू पनि । यिनै भिडबाट दुई यूवा प्रचण्ड भवन तर्फ जाँदै गरेको देखेँ । भिडमा खासखुसको साउती चल्यो दुई युवकमध्ये कालो कोट टाइसुटको पोशाकमा आकर्षक चस्मा लगाएको एक युवकमा मेरो दृष्टि प¥यो सजिलै अनुमान गरे उ भर्खरै निर्वाचित काठमाडौंका मेयर बालेन्द्र साह हुन् भनि । उसलाई देखेर मन गर्भिलो भएको महसुस भयो ।

म जस्तै हजारैंको त्यागले प्राप्त यो व्यवस्थाको बगानमा हुर्कदै गरेको उसलाई कामना गरेँ तिमी सधै सबैका लागि फुली रहोस् । त्यसपछि मेरो ध्यान म छेउमा बसिरहेको एक पुरुषमा प¥यो । निधारमा भएको ठुलो खत, बुढी ओला नभएको देव्रे हात, ठुलै दाग देखिने नाडीले सजिलै अनुमान गरेकी ऊ एक घाइते हो भनी । उसलाई देखेर विगत आफूले उपचार गरेका घाइते अनि शहीदहरूलाई सम्झे तिनका वर्तमान भविष्य सम्झे अनि आफैलाई सोधे ‘यो समय किन कत्ति निर्दयी ? एक मनले उसलाई बोलाउ झैं लाग्यो, अर्को मनले नबोलाउ, तर हिजोको वर्गीय भावनाले जवरजस्ती गरायो र बोलाए ।
मः तपाई पनि यहाँसम्म आउनुभएको ?
ऊः हो हिजो र अस्ति पनि आएको भेट भएन आज भनेको छ हेरम्
मः कुन मोर्चाको घाइते हो नी हजुर ?
ऊः पिलि कोलिकोटको थाहा छ ?
(जवाफसँगै उसको प्रश्न पनि)
मः थाहा छ ऐतिहासिक सफल कार्वाही हो ।
ऊः हो नी ।

यतिकैमा हाम्रो टोलीलाई भित्रबाट भेटको खवर आयो । कुनै बेला घाइते पार्टीको मार्गदर्शन र गहना थियो तर अहिले तिनै गहना आफ्नो समस्या अभिभावकलाई सुनाउन अनिश्चयको लाइनमा देखेर मन अमिल्यो र पनि मनले कामना गरे आज त उसले जसरी पनि भेट पाओस् । म उबाट छुट्टिए,  भेटमा प्रचण्डले चुनावी परिणाम, गठवन्धन, जिम्मेवारी बहनको बारेमा छलफल बहस गर्नुभयो तर म भने प्रचण्डलाई अघि राखेर आफ्नै मनको बहस गरिरहेकी थिएँ ।

त्यो प्रचण्ड, त्यो क्रेज, त्यो केश अनि जेल, अझ भनौं पहिलो पटक वि.वि.सी.मा उसको पहिलो बोली सुन्दाको तरङ्ग, उमङ्ग, विश्वास साच्चै हिरो र शक्तिशाली थियो मेरो अनि हाम्रो प्रचण्ड । म खुसीले आफूभित्र आफै हराए र भित्ताका सीसाको ¥याक भित्र सजाएर राखेको प्रचण्डको चिनोहरूलाई एक पछि अर्को नियाल्दै गए अनि त्यो सिसाभित्र देखिएको आफ्नै प्रतिविम्बलाई हेरे अनि हेरे प्रचण्डलाई ढल्किदै गरेको उमेर, पाक्दै गरेको केश, वर्तमान परिवेशमा पार्टीको हैसियत, जनता, घाइते, शहीद अनि तिनका परिवार यो सव हेर्दा प्रचण्ड मात्र होइन आदर्श र व्यवहार नै फेरिएका स्वार्थको दुनियाँमा म पनि हिजोको क. लक्ष्मी नरहेको र अरू पनि नरहेको महसुस भयो । होइन भने एक व्यक्तिसँग मात्र ती महान आदर्श कसरी सति गयो ? अन्तमा फोटो सेसन कार्य भयो ।

प्रचण्डले फोटो खिच्न र खिचाउन सबैलाई सजिलो पारिदिनुभयो । यस्तो लाग्यो सबैले आ–आफ्नो औकात देखाउने हतियार प्राप्त ग¥यौं । भेट सकिएपछि म बाहिरिए भेटका लागि भेटकर्ताहरू एक पछि अर्को च्यानलहरू गुहार्दै थिए । नजिककाहरूले सजिलै भेट गर्दा रहेछन् । टाढाकाहरूलाई महामुस्किल नै । त्यहाँ भौगोलिक निकटता होइन भौतिक निकटता चाहिँदो रहेछ । सायत आदर्श त्याग, इमान्दारिता र आवश्यकताको सहि हिसाब निकाल्ने सूत्र कतै छोडिसकेका झैं । एकछिन पछि सर्वदलीय बैठकको लागि प्रचण्ड बालुवाटार तर्फ लाग्नु भयो । केही रहेकाहरु आ–आफ्नो गन्तव्यतिर जान थाल्दै थियो । तिनै माझ अघिका घाइते उसलाई सबै तिर हेर राम्ररी अझ राम्ररी कतै देखिएन । उसले भेट पायो पाएन, वास्तविक पीडा, यथार्थ बम गोली छर्राका निशानीहरू देखाउन पायो कि पाएन? यिनै प्रश्नहरू लिएर म पनि उपचारको लागि सुमेरु अस्पताल तर्फ लागे ।

अर्को विहान हामी घरको यात्रामा रह्यो । राजधानीका शहरहरू एक पछि अर्को छोड्दै बनेपा, धुलिखेल हुँदै अरनिको राजमार्गबाट वी.पी. राजमार्ग तर्फ यात्राले थुप्रै किलोमिटर पार गरेपछि नेपालथोक आइपुग्यो जहाँ विगतका युद्धयात्रालाई सम्झाउने अनगिन्ती सम्झनाका निशानीहरू थियो । रामेछाप, दोलखा, सिन्धुपाञ्चोकबाट सिन्धुली, काभ्रे महाभारत, मकवानपुर सर्लाहीको भूगालहरूमा जाँदा धेरै पटक आफ्नो तौल बरावरको युद्ध सामग्री रासन पानी, औषधिका झोला बोकेर मध्यरातहरूमा हजारौं जनसेनाले नाका पार गरेका जुनबेला लालसेनाको पाइलाको चाल र कालोपत्रको घर्षणबाट निस्केका एक आवजले मलाई अति ओडाहा, इष्र्या बनाउँथ्यो, अनि अनगिन्ती प्रश्नहरुको भिडबाट एक प्रश्न जाग्थ्यो कहिले आउला दिउँसै यी सडकमा गणतन्त्र जिन्दावाद भनी छाती फुलाएर हिड्ने दिन? नेपालथोकको झोलुङ्गेपुलमा एक छिन रोक्यौ पुल रोसीपारी मोटरबाटोले पुरिएर बाँकी रहेको गोरटोहरूमा जनमुक्ति सेनाको लस्कर, अनि तिनै पुलमा एकनासले दौडिदा हालिएका शरीरलाई सम्हादै पुलका लाहरू समाउँदै एक अर्कालाई सहयोग गरेको योद्धाहरूको झझल्को ताजै बनेर आयो ।

नाका पार पछि कमाण्डरको आदेशमा सल्लेरीको सुसेलीमा आराम गर्न बसेका शिखपुर उकालीका गोरेटोलाई हेरे, जहाँ उनैको आँडैमा बसेर म घन्टौको थकान मेटाउथेँ अनि सोध्येँ यी सडकमा दिउँसै हिड्ने दिन कहिले आउलान दिदी? उनी भन्थिन् ‘आउँन त आउलानी तर त्यो बेला हामी मध्ये को रहला को नरहला उनको त्यो शब्दको भावले मेरो मुटु झन बढी घायल भएझै लाग्यो ।


अनि म आफ्ना हातहरूले उनको पाखरीलाई वेस्सरी समाउथी उनी मलाई त्यो भावनाको गहिराइबाट बाहिर ल्याउन उनको औंलाहरूले मेरो केश सुम्सुम्याइ दिन्थिन् अनि हामी निःशब्द भएर एक अर्काका समिप्यतामा टाँसिएर अन्धकार औसीका रातमा टल्किरहेका ताराहरूलाई हेर्दाहेदै आदेश आउथ्यो मुभको । साच्चै म त्यहाँ उभिरहँदा, त्यो कालोपत्रे सडकका गुडीरहेदा डिहिरहदा म थिए, ऊ थियो, हामी थियौं तर शहीद कुमारी दिदी थिइन् । उनी जस्ता धेरै जना थिएन जहाँ काल्पनिक गणतन्त्रका लागि कठिन यात्रा गरेका थुप्रै आसावादी योद्धाहरू थिएनन् ।

खानाको लागि झाँगा झोलीलाई विन्दु बनाएर यात्रालाई सहज पार्न समिर केही वातहरू गर्न खोज्नुहुन्थ्यो तर मेरो ध्यान, सोच, मन भने तिनै कोसी, रोसीका किनारहरूमा बनेका कालोपत्र सडकले पुरिएर बाँकी रहेका गोरेटाहरूमा थियो । बन्दीपुर, भोजपुर, चरिकोट, भिमान, भकुण्डेबेसी, चौतारा जस्तो मोर्चाबन्दी लडाईमा जाँदा हजारौं लालसेनाले टेकेको पाइलाहरूको निशानीको खोजीमा हुन्थे । सुनकोसी नदीमा पौडिएका योद्धाहरू, वरपिपल चौतारीमा थकाई मारेका घाइतेहरू, पाकेका आँटा, लालगेडी टिप्दै एक अर्कालाई बाड्दै गरेका जवानहरू हजारौं जनमुक्ति सेनाको फरमेशनलाई विजयको कामना दिइरहेका जनताहरू ति सम्पूर्ण सम्झनाका मुस्लोहरू एकतमासले मनमा मडारिदा यस्तो लाग्थ्यो यो बाटो हिड्न कहिल्यै नपरोस् ता कि सम्झनाको तारहरूले मुटु रेटेर निर्दोष आँखाहरूलाई धमिल्याउनु भन्दा …..। फेरि आफैमा गर्वनुभूति हुन्थ्यो यो इतिहासको भागीदार न हामी भन्दा अघिका हुनपायो न पछिका नै । हामी त एक भाग्यमानी हौँ, शताब्दीभित्रको जहाँ व्यवस्था परिवर्तनको एक वाहक । झाँगाझोली पुगेपछि खाना खायौं जुन ठाउँ मोटर बाटो पुग्नु अघि एक व्यवस्थित बजार थियो ।

रामेछाप र सिन्धुलीका ग्रामिणलाई पाएको पर्ने तर अहिले सडकले त्यो विस्तापित भयो । बन्दिपुरबाट घाइते क. बलिदानलाई लिदै प्रखर म तिनैजना त्यही बजार हुँदै वि.पी., जि.पी. कोइरालालको जन्म थलो दुम्जा तर्फ जानु थियो । कि हेडक्वार्टरले त्यही आउँन खबर गरेको थियो । हामी पनि निकै उत्सुकता थियो प्रख्यात नेताको जम्मथलो हेर्न । क. प्रखरले तिनओटा पु्रmटी किक्नु भयो एक मलाई थमाउँदै दुई आफूहरू फ्रुटी पिउँदै दुईभाइ अघि अघि लाग्नुभयो । म फ्रुटीलाई प्वाल पार्न पटक– पटक पाइपले घोच्दै पछि–पछि लागे । मेरो सबै प्रयास वेकामी भएर पाइप ठाउँ ठाउँमा भाचिएर वेस्वरुप भएको थियो तर सफल भएन म अक्मकिएको थिए । खास उपाय के होला भनि । यत्तिकैमा बलिदानले देख्नुभएछ मेरो हातको फ्रुटी लिदै भाँचिएको पाएपले झिल्लिलाई प्वाल पार्दै ए…… भोटेनी यी यसरी प्वाल पारेर खाने भन्दै प्वाल पारेर दिनुभयो ।

दुईभाइको हाँसोको फोहोरा छुट्यो । म लाजले मात्र मुस्कुराएर अनि केही औपचारिक पूरा गर्न बोले के थाहा त मलाई यो झिल्लिमा प्वाल हुन्छ ? कमरेडली भावनाभित्रको त्यो ख्याल पछि बलिदानकै सुरमा हामी दुम्जाको यात्रामा रहेका थियौं । तिनै यादमा एक फ्रुटी लिएँ पिएँ अनि आफैंलाई सोधेँ ! खोइ म सोझी थिएँ की मेरो सोझोपन दिमाग ? अनि त्यो दुम्जा जाने गोरेटोलाई हेरे, घाउँबाट बगिरहेको रगतको पाइला घिसार्दै हिडिरहेको बलिदानलाई सम्झे अनि हिजो प्रचण्ड निवासमा भेटेका उसलाई सम्झे … फेरि यात्रामा निस्किएँ ।

एक दिन मेरो फेसबुकवालमा कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा पूर्व जनमुक्ति सेनाको आर्थिक अभावले उपचार नपाएर मृत्यु भनी मृतकको तस्वीर सहितको पोष्ट आयो । जसलाई प्रचण्ड निवासमा मैले दुई वर्ष अघि भेटेकी थिएँ । पिडाले मन भक्कानियो, टाउँँको फुट्ला झै भयो, आँखामा वर्षादको बादलले ढाक्यो म जर्वजस्त उठेर फार्म तिर निस्के जहाँ यौवन र जवानको बलमा फुल्दै गरेको खुर्सानी, करेलालाई हेरे । यस्तो यौवन उमेरमा आफ्नो स्वार्थ त्यागी व्यवस्था फेर्दा भएका घाइतेको मृत्युलाई सम्झे उसँगको पहिलो या अन्तिम शब्द र बोलीहरूलाई सम्झे अनि परेलीका बाँधहरू नाघेर एकतमासले बगिरहेको आँसुलाई पुछिरहे ।

तिनै योद्धाको त्यागले प्राप्त व्यवस्थामा कोहीले मृगौला, कलेजो फेरियो, कोहिले सिंगापुर अस्पतालको सेवा पाए तर तिनी योद्धा यिनै व्यवस्थामा उपचार नपाएर मृत्युवरण गर्न पुगेँ । म रुन्छु भनेर रोएकी पनि थिएन रुदिन भनेर नरुन सकेको पनि थिएन तर आफ्नै सपनामा अस्ताएको उसलाई सम्झेर रुनभने धेरै….. धेरै रोएँ ।
लालबन्दी–५, सर्लाही  
साभारः  अग्रिम साप्ताहिक