भगिनी सम्बन्ध जोडेर सामुदायिक विद्यालय सुधारेको निजि विद्यालय

दीपक बोहरा
तुलसीपुर, ६ जेठ ।
केही समय अघि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थित मावि प्रतापकोटको भवन रंगरोगन थिएन । झ्याल, ढोका उप्किएका थिए । कक्षा कोठामा म्याट थिएन, जसले गर्दा विद्यार्थीहरु धुलै–धुलोमा बस्न बाध्य थिए । डेस्क,बेन्च भाँचिएका थिए । तर, अहिले त्यस्तो अबस्थामा छैनन् । सोही विद्यालयलाई सहयोग गर्न भगिनी सम्बन्ध जोडिको तुलसीपुर–६ स्थित गोरखा माध्यामिक विद्यालयले यी सबै समस्या समाधान गरिदियो । विद्यालय रंगीचंगी छ । कोठामा म्याट, डेस्क, बेन्च नयाँ छन् । त्यति मात्रै होईन्, कक्षा कोठामा स्मार्ट बोर्ड र प्राजेक्टर पनि छ । यसरी नै गोरखाले मावि प्रतापकोटमा जे आबश्यक छ, त्यो सहयोग गर्दै आएको छ । विद्यालयको भौतिक पूर्वाधार सहयोगदेखि खेलकूदका सामग्री पनि सहयोग गर्दै आएको छ, भने विद्यार्थीहरुलाई शैक्षिक सामग्री, पोशाकलगायत सहयाग गर्दै आएको गोरखा ग्रुपका शैक्षणिक निर्देशक दुर्गा केसीले बताउनुभयो । यो वर्ष मात्रै ३२ थान डेस्क, बेन्च, पुरानो ४ कोठे भवनको रंगरोगन, झ्याल ढोका मर्मत गर्न सहयोग गरेको निर्देशक केसीले बताउनुभयो ।

त्यस्तै विगतमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण, खेलकूद सामग्री, विद्यार्थीहरुकालागि राउन्ड टेवल, म्याट, प्राथमिक उपचारका सामग्री सहयोग गरेको छ । विद्यालयलाई थप दुई वटा स्मार्ट बोर्ड तत्कालै सहयोग गर्ने समेत प्रमुख केसीको भनाई छ । स्मार्ट बोर्ड भएमा शिक्षक हाँजिर नहुँदा पनि त्यही बोर्ड मार्फत पढाउन सकिने हुँदा कक्षा खाली हुने अबस्था नआउँने केसीको भनाई छ । भागिनी सम्बन्ध निरन्तर जारी रहने भन्दै विद्यार्थीहरुलाई जे आबश्यक पर्छ, त्यो अनुरुप सहयोग गर्ने उहाँको भनाई छ । साथै उहाँले सोही विद्यालयमा अध्ययन दुई जना विद्यार्थीलाई कक्षा ११ र १२ निःशुल्क पढाउने र लाग्ने खर्च समेत ब्यहोर्ने समेत बताउनुभयो ।

निजि विद्यालयसंगको भगिनी सम्बन्धले विद्यालयको मुहार फेरिएको व्यबस्थापन समिति अध्यक्ष लिलामणी बाँठाले बताउनुभयो । “२०७५ सालदेखि हाम्रो भगिनी सम्बन्ध जोडिएको हो, त्यहाँदेखि नियमित सहयोग भइरहेको छ”,उहाँले भन्नुभयो“त्यो सहयोगले हाम्रो विद्यालयको अबस्था फेरिएको छ ।” आवश्यक पर्ने डेस्क, बेन्च, प्राजेक्टर, म्याट मात्रै होईन्, विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा कपडा समेत सहयोग गर्दै आएको भन्दै यसले विद्यार्थीहरुमा आकर्षण थपेको उहाँको भनाई छ ।


निजि विद्यालयले सामुदायिक विद्यालय सुधार गर्नकालागि यस्तो खालको सम्बन्ध निर्माण गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बताउनुभयो । उहाँका अनुसार यो अभ्यास देश भरका निजि विद्यालयले थाल्नु पर्ने समेत बताउनुभयो । साथै उहाँले निजि विद्यालयले शिक्षा क्षेत्र सुधारमा खेलेको भूमिकाको प्रशंसा हुने गरेको समेत बताउनुभयो ।“शिक्षाको गुण्स्तर सुधारमा निजि विद्यालयको भूमिकाको सबैबाट प्रशंसा हुँदै आएको छ”,उहाँले भन्नुभयो“सामुदायिक विद्यालय सुधारमा पनि निजि विद्यालयले चासो दिनुपर्छ ।”

२०७५ सालदेखि भागिनी सम्बन्ध राखेको गोरखाले शनिबार मात्रै सोही विद्यालयका २९ जना अति गरीब विद्यार्थीहरुलाई शैक्षिक सामग्री समेत सहयोग ग¥यो । गोरखा मोडेल कलेजका विविएस प्रथम र द्धितिय बर्षमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्चबाट कटाएर अभिभावक विहीन भएका २९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको निर्देशक केसीले बताउनुभयो ।“प्रतापुर माविसंग हाम्रो भगिनी सम्बन्ध छ, त्यहाँका विद्यार्थीलाई होस्, वा विद्यालयको अवस्था नै सुधार गर्नकालागि हामीले सहयोग गरिरहेका छौं”,उहाँले भन्नुभयो“विविएसका विद्यार्थीहरुले त्यहाँका विद्यार्थीहरुलाई सहयोग गर्ने चाहाना राखेपछि हामीले समन्वय ग¥यौं र त्यो विद्यालयका विद्यार्थीहरुलाई सहयोग ग¥यौं ।” विद्यार्थीहरुलाई कपि, कलम, विद्यालय पोशाक सहयोग गरिएको हो ।