तुलसीपुरबाट चोरी भएको मोटरसाइकलसहित चार जना पक्राउ

दाङ, ३ भदौ । दाङमा चोरी भएको मोटरसाइकलसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी राम बहादुर केसीका अनुसार तुलसीपुर १५ बाट चोरी भएको मोटरसाइकलसहित ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा १ जना मोटरसाइकल ग्यारेज सञ्चालक र ३ जना चोरीमा संलग्न व्यक्ती रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।


तुलसीपुर-८ अस्वारास्थित अन्नपुर्ण टोल निवासी जित बहादुर भण्डारीको चोरी भएको रा ८ प ३३५८ नम्बरको ९रातो कालो० रङको टु-ट्वान्टी पल्सर मोटरसाइकल सहित चार जना पक्राउ परेका हुन् ।

आइतबार साँझ ७ बजेको समयमा घरको ब्राण्डमा पार्कीङ गरी राखेको मोटरसाइकल आज बिहान ४ बजे नदेखेपछि प्रहरीमा निवेदन दिइएको थियो । खोजतलास गर्दै जाँदा तुलसीपुर-१५ को पहरुवा भन्ने स्थानमा सबै पाटपुर्जाहरु खोलेको अवस्थामा मोटरसाइकल भेटिएको हो ।