टेकराज भण्डारी
नरेश केसीको जन्म २०४८ पुस २२ गते गंगादेब गाउँपालिका वडा नं.५ रोल्पा भएको हो । उनको आमाले कृषि पेशा र बुबा शिक्षक थिए । तर, उनको परिवारले पशु पालन पनि गरेको थियो । कहिलेकाही नरेश आफै बाख्रा चराउन बनमा जान्थे । त्यो बेलाको रमाईलो क्षण पनि छ । बाख्रा चराउन गएको बेला साथीहरूसंग भुकुन्डो खेल्दै गर्दा भुलेर बाख्राले छिमेकीको मकै बारी खाई सकेर फर्किएका थिए । त्यो सम्झिदा उनलाई अहिले पनि रमाइलो लाग्छ ।
उनले कक्षा १ देखि ८ सम्म नेपाल राष्ट्रिय मावि सिमखोला रोल्पामा अध्ययन गरे । त्यसपछि कक्षा ९ देखि १० सम्म बालकन्या मावि टाट्के सल्यानमा पढे । उनी उच्चशिक्षा पढ्न काठमाडौं गए । उनले हाईव्रिट इन्टरनेशनल कलेज काठमाडौंबाट विज्ञान बिषयमा प्लस टु पास गरे । विएससी पनि काठमाडौंकै त्रिचन्द्र कलेजबाट पास गरे । मास्टर्स इन कन्फिक्ट एण्ड पिउपल स्टुडी’ स्नातकोत्तर शान्ति तथा द्वन्द्व अध्ययन मध्यपश्चिम विश्वविद्यालयबाट गरे । उनले काठमाडौं बस्दा २०७२ सालसम्म नियमित रक्तदान गर्ने गर्थे ।
उनी काठमाडौं पछि सल्यान फर्के । त्यसपछि उनी गाउँमा शिक्षण पेशा सुरु गरे । २०७२ जेठ देखि सरस्वती मावि बागचौर ४ शिवरथमा निजी स्रोतबाट पढाउन सुरु गरे ।उनले मावि तहमा विज्ञान शिक्षकको रुपमा पढाउन सुरु गरे ।उनले स्थायी शिक्षकको लागि पनि तयारी गरिरहेका थिए । फलस्वरुप २०७३ माघमा मावि तहको विज्ञान शिक्षकको रुपमा मध्यपश्चिमबाट स्थायी सेवामा प्रवेश गरे । उनले स्थायी भएपनि सोही विद्यालयमा नै पढाई रहे । त्यही क्रममा उनले २०८१ वैशाख १७ गते सरस्वती मावि बागचौर ४ शिवरथको प्रधानाध्यापक पदमा नियुक्ति भए । ‘म प्रअ भएपछि विद्यालयको शैक्षिक प्रशासनीक सुधार, विद्यार्थीलाई उत्प्रेरणा, पठन संस्कारको विकासमा जोड दिएको छु’ उनी भन्छन् ।
मानिस जन्मेदेखि नै सिप, कला तथा केही न क्षमता लिएर जन्मेको हुन्छ । हरेक मानिसको जीवनमा केही न केही लक्ष्य हुन्छन् । हामीमा भएको आन्तरिक क्षमतालाई बुझेर हामीले आफ्नो लक्ष्य पूरा गर्नुपर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरू आउँछन् तर हामीले कहिल्यै पनि हार मान्नुहुँदैन । हरेक मानिसको जीवनमा केही न केही लक्ष्य हुन्छन् । उनले जीवनमा एमविविएस डाक्टर बन्ने लक्ष्य राखेका थिए । तर, उनको यात्रा शिक्षण तिर मोडियो ।
उनले मैले स्कलरशिपमा नाम निकाल्न खोजेका थिए । तर त्यो सफल नभएपछि उनी डाक्टर पढ्न पाएनन् । किनकै उनको परिवारको आर्थिक अबस्थाले डाक्टर पढाउन भ्याउने अबस्थाको थिएन । तर, अहिले जुन पेशामा छन्, त्यसमा उनी गर्भ गर्छन् । मेहनतले नै जीवन सफल बन्छ, भन्ने बुझेका उनले ठुला–ठुला मानिसहरू सफल हुनुको कारण उनीहरूले सानैदेखि गरेको कडा मिहेनत रहेको बताउछन् ।
उनको परिवारमा आमा, बुबा, श्रीमती, छोरा र छोरी छन् । जीवन सुख, दुखको समिभार, संघर्ष र खुसीको समिक्षा , कर्म र प्रतिफलको संयोजन हो जस्तो लाग्छ । साभारः अग्रिम साप्ताहिक
लाइभदाङ । ३१ बैशाख २०८१, सोमबार १९:२४ बजे