जेनजीको प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर,भिडियोहरू पठाउन प्रहरीको आग्रह

काठमाडौँ, २७ भदौ । नेपाल प्रहरीले जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा घटेका अप्रिय घटनाहरूको तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए पठाउन आग्रह गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले आम नागरिकहरूलाई त्यस्ता तस्बिर,भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए [email protected] मा पठाउन प्रहरीले आग्रह गरेको हो । गोपनियता गोप्य राखिने प्रहरीले जनाएको छ ।


गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए । जेनजीहरुको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्‍यो भने देशले ठुलो जनधनको क्षति व्यहोर्नुपर्‍यो ।